बमबाट घाइते पत्रकार पाण्डेको स्वास्थ्य स्थितिबारे जानकारी लिदै मन्त्री

पोखरा, ९ फागुन/प्रदेश नं. ४ उद्योग,वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले समाचार संकलनका क्रममा घाईते हुनु भएका पत्रकार घनश्याम पाण्डेको स्वास्थ्यस्थिति बारे जानकारी लिनु भएकोछ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दका क्रममा पोखराको विजयपुर खोला पुल नजिकै भएको टाइम बम विफोस्टनमा घाइते भई पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराई रहनु भएका पत्रकार पाण्येको स्वास्थ्य अवस्था र उपचारकाबारे उहाँले जानकारी लिनु भएको हो ।

पोखरास्थित रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पाण्डेको बम विष्पोटन हुँदा दाहिनेपट्टि टाँउको र घाँटीमा चोट लागेकोछ । उनको अवस्थित अहिले सामान्य रहेको अस्पताल सुत्रले जनाएकोछ ।

उक्त घटनामा घाईते भई सोही अस्पतालमा उपचारत अस्थाई प्रहरी पोष्ट चाउथेमा कार्यरत प्रहरी जवान कुल बहादुर खत्रीको स्वास्थ्य अवस्थाबारे पनि मन्त्री बस्नेतले जानकारी लिनु भएको थियो । सो अवसरमा प्रदेश सभा सदस्य राजिव पहारीले पनि घाईतेद्धय पाण्डे र खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो ।

कमेन्टहरु
Loading...