बम पड्काएर आतंकित पार्ने घटनाको भत्र्सना, पत्रकार पाण्डेको उपचार हुदै

पोखरा, ८ फागुन /नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य घनश्याम पाण्डे समाचार संकलनका क्रममा मंगलवार ( मिति २०७४ फागुन ८ गते ) पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ स्थित विजयपुर पुल नजिकै वम विस्फोट हुँदा सख्त घाईते भएका छन् ।

पत्रकार पाण्डेको पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा उपचार भईरहेको छ । आम नागरिकले निर्धक्क भएर स्वतन्त्रता पुर्वक हिड्न पाउनु पर्ने अधिकार सुरक्षित हुँदाहुँदै आतंकित पार्ने उद्धेश्यले बम राखिएको घटना प्रति नेपाल पत्रकार महासंघ कास्की खेद व्यक्त गर्दै घोर निन्दा एवं भत्र्सना गर्दछ । महासंघ आज भएको यस घटनाले स्वतन्त्र प्रेस माथीकै आक्रमण भएको ठहर गर्दछ ।

सार्वजनीक स्थानमा वम राखी आतंक सृजना गर्ने वन्दकर्र्ता (नेकपा विप्लव ) समूहलाई आगामी दिनमा यस्ता घटना नदोहो¥याउन वन्दकर्ता नेकपा (विप्लव समूह) लाई आग्रह गर्दै घटनामा संलग्न हुनेलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न प्रशासन सँग जोडदार माग गर्दछौं ।

साथै घाईतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौं । घाईते पाण्डे रेडियो गण्डकीका स्टेशन म्यानेजर हुन् । महासंघ कास्की पत्रकार पाण्डेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

कमेन्टहरु
Loading...