स्टेप बाई स्टेप माबिको ३० औं बार्षिकोत्सबमा रक्तदान

पोखरा, २० माघ/स्टेप बाई स्टेप माबिले आफनो ३० औँ बार्षिकोत्सब तथा अभिभाबक दिबसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखा उप सभापति दण्डराज शर्माले पहिलो रक्तदाता मेघनाथ गिरी लाइ ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा २५ जना महानुभाबहरुले रक्तदान गर्नुभएको थियो । कार्यक्रमा मेघनाथ गिरी , बिरेन्द्र राज बराल जिना परियार , दिपक गिरी, रामचन्द्र शाही , दुर्गा भण्डारी ,जेसन थापा ,राजु थापा मगर, कल्पना तिमिल्सेना , नम्रता रेग्मी , निर्मला बराल ,देव केसी , रामबहादुर खड्का, प्रकाश खड्का , सप्ता गुरुङ , रमेश बहादुर थापा, अमन चौधरी, प्रिथा जिसी, सुनेना धरेल, दीक्षात अधिकारी, कुसुम परीयार, सरोज बजिमय, गुरुदत्त पौडेल, कुशल बहादुर कुवँर, र सुस्मिता बरालले रक्तदान गनुभएको थियो । नेरेसो कास्कीका उपसभापति दण्डराज शर्माले “रक्तदान जीवन दान, जीवन दान महादान” हो भन्दै रक्तदानको महत्व र आवश्यक्ता बारे प्रकाश पार्नुभएको थियो ।

उहाँले स्टेप वाई स्टेप मावि ले रक्तदान जस्तो महत्वपुर्ण कार्य गरेकोमा प्रशंसा गदै धन्यवाद दिनुभयो । पोखरा महानगरपालीका वडा नम्वर ७ का वडा अध्यक्ष राम चन्द्र बरालले १८ वर्ष देखि ६० वर्ष सम्मका नियमित औषधीको सेवन नगर्ने र बल्र्ड पेसर उपयुक्त भएका सबैले रक्तदान गर्नहुने बताउदै विद्यालयको सामाजिक कार्यको सराहना गनुभयो ।

कार्यक्रममा वडा नम्वर ७ का वडा सदस्यहरु दिन्बन्धु पौडेल र किशोर बराल, विद्यालय ब्यवस्थापन समितिका सदस्य लेख बहादुर के सी र रामचन्द्र उपाध्याय, विद्यालयका भाइस प्रिन्सिपल दिपक गिरी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा स्टेप वाई स्टेप माविका प्रिन्सीपल निर्मला बरालले पहिलो पटक रक्तदान गरी रक्तदान गर्ने प्रेरणा र हौसला प्रदान गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संञ्चालन विद्यालयका संयोजक सूर्य प्रसाद लम्सालले गनुभएको थियो भने कार्यक्रमको संयोजन भाइस प्रिन्सिपल दिपक गिरीले गनुभएको थियो।

कमेन्टहरु
Loading...