Ganthan News Pokhara
All news from Pokhara & around

विश्वकर्मा कल्याण गुठी समाज कास्की गठन

0

पोखरा, ३ चैत्र /पोखरा र आसपासमा बसोबास गर्दै आइरहेका बिश्वकर्माहरुको भेलाले बिश्वकर्मा कल्याण गुठी कास्की गठन गरेको छ । मन बहादुर लामगादेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा भिम बहादुर सेन्चुरी र भूबन लोहनी ,महासचिबमा दिपक घिमिरे सचिब राजकुमार घिमिरे,,सह सचिबमा बिष्णु देबी गौतम, कोषाध्यक्षमा रामबहादुर बराइली, सहकोषाध्यक्षमा रुपलाल सुनार रहेका छन् भने सदस्यहरुमा राजेन्द्र गदाल ,राजेन्द्र सुनार, रचना सुनार,दिपक गहतराज ,सुरेन्द्र सुनार, श्याम खाती, गीता सुनार ,सम्झना सुनार लोकेश सेन्चुरी ,राजेश खड्का, काशिराम सेन्चुरी गोबिन्द सुनार , चन्द्र बहादुर बिश्वकर्मा ,रहेका छन् ।

भेलाले रुद्र बहादुर सुनार, महलाल घिमिरे,नैनालाल सदासंकरलाई संरक्षक चयन गर्नुका साथै २१ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । सो भेलामा रुद्र बहादुर सुनार, महलाल घिमिरे,नैनालाल सदासंकर भूबन लोहनी,बिष्णु घिमिरे ,किशान घिमिरे, भिम बहादुर क्षितिज लगायतले गुठि गठनको औचित्य र आबश्यकताका बारेमा प्रकाश परेका थिए ।

नबगठित समतिले रु दस लाखको अक्षय कोष स्थापना गर्ने , एक सुबिधा सम्पन्न बहुउद्देश्यीय भबन निर्माण गर्ने ,सम्पूर्ण बिश्वकर्मा समुदायको हकहित संरक्षण सहित सशक्तिकरणका विभिन्न कार्यक्रम संचालन निर्णय गरेको छ ।

मन बहादुर लाम्गादेको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत राम बहादुर बराइली , र संचालन दिपक घिमिरेले गरेका थिए ।

अरु सम्बन्धित खबरहरु