विशाल कोअपरेटिभका सदस्यलाई युआरएलमा छुट

पोखरा, २० असार /विशाल कोअपरेटिभ संस्था लिमिटेड पोखरा ४ बुद्ध विशाल बजारका सदस्यले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)मा रक्त जाँच गर्दा छुट पाउने भएका छन् । युआरएलमा हुने सबै रक्त परीक्षणमा ३० प्रतिशत छुट हुने सम्झौता भएको छ ।

सम्झौतामा विशाल कोअपरेटिभका अध्यक्ष भुवन नेम्कुल र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बिहीबार हस्ताक्षर गरेका हुन् । यो सम्झौता २ वर्षसम्म मान्य हुनेछ । विशाल कोअपरेटिभमा ३ सयभन्दा बढी सेयर सदस्य छन् ।

विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क रगत जाँच शिविर गर्दै आएको युआरएलबाट छुट पाउने सम्झौता भएको विशाल कोअपरेटिभ ४० औं संस्था हो ।

कमेन्टहरु
Loading...