Ganthan News Pokhara
All news from Pokhara & around

लायन्स महाधिवेशनका लागि उम्मेदवार आचार्यको सचिवालय स्थापना

0

पोखरा, १ चैत / लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आसन्न सातौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरका उम्मेदवार विशेश्वर आचार्यको चुनावी प्रचारप्रसारका लागि सचिवालय स्थापना भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच न्युरोडस्थित नोभेल एकेडेमी परिसरमा सचिवालय स्थापना गरिएको हो । उम्मेदवार आचार्य सहित लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा सचिवालयको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै आचार्यले अग्रज तथा समकालीन लायन्स लिडरहरुसँगको परामर्शबाट लायन वर्ष २०१९/२० का लागि सेकेण्ड भाइस गभर्नरको उम्मेदवारी प्रस्तुत गरेको बताए ।
पोखरा, काठमाडौं र मोफसलका लायन्स क्लबहरुको भ्रमण गर्ने क्रममा आफ्नो पक्षमा उत्साहजनक समर्थन प्राप्त गरेको बताउँदै आचार्यले जीत सुनिश्चित भएको दावी गरे ।

लायन्सको क्याबिनेट सेक्रेटरी लगायत प्रत्येक वर्ष विभिन्न पदिय जिम्मेवारी बहन गरेका आचार्य बिगत २० बर्ष देखि सामाजिक काममा दत्तचित्त भएर लागेका छन । आचार्य लायन्सहरुका बिचमा अति लोकप्रिय लिडरका रुपमा चिनिन्छन ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु