विशाल महादेवको मुर्ति बनाउने अभियानलाई सफल पार्न राष्ट्रिय योजनामा पार्न माग

पोखरा, ४ पुष/पोखरा २५ को पुम्दीकोटमा हाल निमार्ण हुन लागेको विशाल महादेवको मुर्ति वनाउने अभियानलाई सफल पार्न उक्त योजनालाई राष्ट्रिय योजनामा पार्न स्थानीयले जोडदार माग गरेका छन । पोखरा उपमहानगरपालीका वडा नम्बर २५ को आईतबार वडा कार्यालयमा भएको आर्थिक बर्ष २०७४÷०७५ को वडा स्तरीय योजना तर्जुमा गोेष्ठीमा वोल्ने स्थानीय नेता तथा जनताहरुले उक्त माग गरेका हुन ।

उनीहरुले वडाका योजनाहरु पोखरा उप–महानगरपालीका कार्यालयको ढिलासुस्तीको कारणले गर्दा प्रभावित हुन लागेको गुनासो समेत गरेका छन । मुख्य तीन पार्टीहरुको प्रतिनिधित्य गर्दै माओबादी केन्द्र पोखरा २५ (पुम्दी भुम्दी ) का अध्यक्ष नवराज बरालले प्राविधिक समस्या, समयमै नगरपालीकाबाट प्राविधिकहरु नआउने, समय समयमा सर्भे नगर्ने, योजनाहरु कान्वयन गर्ने समयमा सम्झौता गर्न आनाकानी गर्ने, नगरपालीकाका प्रमुखलाई भेट्न महिनौं कुर्नु पर्ने लगायतका समस्याहरु भएकोले भएका योजनाहरु प्रभावकारी ढंगले हुन नसकेको उनले दाबी गरे ।

पुम्दीकोटमा निमार्ण हुन लागेको महादेवको विशाल मुर्ति निमार्ण गर्ने अभियानमा वडा नम्बर २५ बाट राष्ट्रिय योजनामा पार्न आफुहरुले पहल गर्ने उनले बताए । कार्यक्रमका प्रमुख आमन्त्रित व्यत्ति पोखरा उपमहानगरपालीका नगर समेन्त्रका सदस्य बजीरमान श्रेष्ठले पोखरा २५ का राम्रो योजनाहरुलाई आफुहरुले अनुमोदन गर्ने वचन दिदै आफ्नो क्षेत्रमा आवश्यक योजनाहरु राम्रोसंग छनौट गर्न सुझाव दिए । पोखरा उपमहानगरपालीका कार्यालयका बरिष्ठ ईन्जिनीयर शारदामोहन काफ्ले पोखरा २५ मा प्राविधिकहरुको समस्या भए त्यसलाई राम्रो व्याबस्था मिलाउने वचन दिए ।

पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले पोखरा क्षेत्रको मात्र नभई प्रदेश नम्भ्बर ४ र नेपालकै पर्यटनको गन्तव्य वनाउने अभियानको लागि पुम्दीकोटमा महादेवको मुर्ति वनाउने लक्ष्य सहित राष्ट्रिय योजनामा पार्नु पर्ने बताए । उक्त अभियान सफल पार्न यसै बर्ष महायज्ञ समेत आयोजना हुने तयारी सुरु हुन लागेको उनले जनाए ।

पोखरा–२५ का वडा महिला समन्वय समितिका अध्यक्ष बुद्धिमाया गुरुङ, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रकला बराल लगायतले महिला तथा वालवालीकाहरुको हितमा हुने गरी केहि योजनाहरु छनौट गर्न आग्रह गरे । पोखरा उपमहानगरपालीका वडा नम्बर २५ का वडा सचिव रामबहादुर पौडेलले धेरै योजनाहरु आएकोले योजना छनौट गर्न केही दिन लाग्ने जनाए । स्थानीय मुख्य तिन पार्टीका प्रतिनिधि, महिला समन्वय समितिका अध्यक्ष बुद्धिमाया गुरुङ र वडा नागरीक मञ्चका अध्यक्ष निर्मला गुरुङले योजना छनौट गर्ने भएको पौडेलले जनाए ।

पोखरा २५ मा एक बर्षमा करीब एक करोड मुल्य बराबरका योजनाहरु पर्ने गरेका छन । परम्परादेखि महिलाहरुको महान पर्व हरितालिका जित पर्व र महाशिवरात्रिको दिनमा बिशेष पुजा हुने गरेको सो क्षेत्र पर्यटकीय दृष्टिले आफैमा रमणिय भएकोले गर्दा सो क्षेत्रको धार्मिक सहित पर्यटन प्रवद्र्धन गर्ने अभियान स्वरुप उक्त मुर्ति स्थापना गरीने अभियानमा आफुहरु जुटेको समितिका अध्यक्ष बरालले बताए । पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड लागत हुने जनाए।

कमेन्टहरु
Loading...