कास्कीको वीरेठाँटी देखि मुक्तिनाथसम्म केबलकारको डीपीआर बन्दै

पोखरा, १५ भदौ/ कास्कीको वीरेठाँटी देखि मुस्ताङको मुक्तिनाथ सम्मको केबलकार सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न लागिएको छ ।

अस्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्भे गरिसकिएको र अब डीपीआर तयार गर्न लागिएको निर्माण कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए ।

चार महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी काम अघि बढेको उनले बताए । आजको अभियान दैनिकमा खबर छ ।

कमेन्टहरु
Loading...