अक्षयकोष स्थापना गर्न वृद्धाआश्रमलाई सहयोग

पोखरा, २७ माघ/पोखरा–८ सिमलचौरका हरि बरालको परिवारले बात्सायन वृद्धाआश्रमलाई अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । बराल परिवारले आमा चन्द्रकलाको चौरासी पूजामा संकलन भएको रकम पोखरा–१८ को बात्सायन वृद्धाआश्रमलाई सहयोग गरेको हो । चौरासी पूजामा संकलन भएको २५ हजार सहित नाती जय बरालले १० हजार थप गरि अक्षयकोषका लागि ३५ हजार १ सय २५ रुपैया“ प्रदान गरिएको छ ।

रकम आमा चन्द्रकलाले बात्सायन वृद्धाआश्रमका अध्यक्ष गोकर्ण कार्की सहितको टोलीलाई हस्तान्तरण गरिन् । ‘संकलन भएको रकम बाढ्नुपर्ने संस्कार छ,’ चन्द्रकलाका छोरा हरिले भने,‘ आमा जस्तै वृद्धवृद्धाहरुको लागि सहयोग गरौैं भन्ने लागेर अक्षयकोष स्थापनामा सहयोग गरेका हांै ।’ बात्सायन वृद्धाआश्रममा १० जना वृद्धवृद्धाहरु रहेका छन् । रकम ग्रहण गर्दै संस्थाका अध्यक्ष कार्कीले अध्यक्षकोष स्थापना गरेर त्यसबाट आएको व्याज वृद्धवृद्धहरुको लागि खर्च गर्ने बताए ।

‘परोपकारका लागि सहयोग गर्नुभयो,’ उनले भने, ‘ यसलाई हामी आमा चन्द्रकला जस्तै बृद्धआमा बुवाको निम्ति खर्च गर्छौ ।’ उनले अक्षयकोष स्थापनामा बराल परिवारले पहिलो पटक सहयोग गरेकोमा आभार प्रकट गर्दै अन्य परिवारलाई अक्षयकोषमा सहयोग गर्न अनुरोध गरे । सहयोग हस्तान्तरण कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यष कृष्णप्रसाद बास्तोलाले आर्थिक सहयोगलाई सदुपयोग गर्न सुझाव दिए । उनले बराल परिवारको सहयोगले वृद्धवद्धाहरुलाई सहयोग गर्नुपर्छ भन्ने प्रेरणा प्रदान गरेको बताए । यसैबीच बराल परिवारले चौरासी पूजामा संकलन भएको कपडा पनि सोमबार नै वृद्धाआश्रममा प्रदान गरिएको हरि बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...