विपन्न वर्गका विद्यार्थीलाई मर्दिखोला शैक्षिक प्रनिष्ठानद्वारा छात्रवृत्ति

पोखरा, १२ असोज / मर्दिखोला शैक्षिक प्रतिष्ठानद्वारा कास्कीका विभिन्न विद्यालयमा पढ्ने २५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

माछापुच्छ्रे गाउपालिकाको निष्पक्ष माविमा शुक्रबार एक कार्यक्रमकाबिच उक्त सहयोग हस्तान्रण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. राम गिरीले स्कुल पढ्ने समयमा सँगै पढेका साथीहरु आर्थिक अभावका कारण

पढ्न नसकेको देखेर यस्तो अवस्था नआओस् भन्नका लागि प्रतिष्ठानको स्थापना गरि विद्यालय तथा विद्यार्थीहरुलाई सहयोग गर्दै आईरहेको

बताए । डा गिरीले भने– ‘जसलाई खाचो वा आवश्यक छ त्यस्ता विद्यार्थीलाई सहयोग गर्नु नै प्रतिष्ठानको मुख्य उद्देश्य हो ।’ प्रतिष्ठानमा कुनै

सरकारी सहयोग नरहेको जानकारी गराउदै आफू स्वयं तथा सहयोग गर्न चाहने जापानवासीहरुको सहयोगलाई संकलित गरि विद्यार्थी तथा

विद्यालयलाई सहयोग गरिएको डा. गिरीले बताए ।

कार्यक्रममा विभिन्न विद्यालयका जेहेन्दार, दलित तथा उत्पीडित गरि २५ विद्यार्थीहरुलाई छात्रवृत्ति, माछापुच्छ्रे गाउपालिकाको श्री निष्पक्ष

माविलाई १० थान कम्प्युटर र अन्नपूर्ण गाउपालिकाको श्री धारापानी माविलाई १ थान प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे गाउपालिकाका अध्यक्ष कृष्ण दवाडी, अन्नपूर्ण

गाउपालिकाका शिक्षा विभाग प्रमुख बलराम भुगाई, माछापुच्छ्रे गाउपालिका शिक्षा विभाग प्रमुख लोकनाथ आचार्य, लाहाचोक श्रोत व्यक्ति डोलराज

रेग्मी, वडा अध्यक्ष जुम बहादुर गुरुङ, निष्पक्ष मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरी, निष्पक्ष माविका प्राचार्य दुर्गाबहादुर

राउतलगाएतले बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य गोपाल गिरीले राखेका थिएभने संचालन प्रतिष्ठानका सचिव सुर्य प्रसाद भण्डारीले गरेका थिए ।

हस्तान्तरण कार्यक्रम पश्चात प्रतिष्ठानको अधिवेशन समेत भएको छ । अधिवेशनमा पुनः दिव्या गिरीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गरिएको छ । जसको सचिवमा डिल्लीराम गिरी, कोषाध्यक्षमा अनिल लामिछाने र सदस्यमा सुर्य गिरी तथा भगवती गुरुङ रहेका छन् । दिव्या

गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा डिल्लीराम गिरीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

साही कार्यक्रममा विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर पनि सहयोग गरिएको थियो ।

कमेन्टहरु
Loading...