छात्रबृत्ति र शुल्क बृद्धिमा विप्लप माओवादी निकट विद्यार्थीको आपत्ति (विज्ञप्ति सहित)

पोखरा, ४ साउन/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पोखरा महानगरपािलकाले वितरण गरेको छात्रबृत्ति र नीजि विद्यालयले शुल्क बृद्धि गरेकोमा आपत्ति प्रकट गरेको छ ।

विप्लप माओवादी निकट विद्यार्थी संगठनले पोखरा महानगरपालिका दुर्योधन र यहाका केही नीजि विद्यालयका संचालकहरु सकुनीको भूमिकामा रहेर मापदण्ड विपरित शुल्क असुल्ने, छात्रबृत्तिको नाममा मोटाउन षड्यन्त्र रचेको प्रति संगठनको गम्भिर ध्यनाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

कक्षा ११ को कक्षा शुरु हुन लाग्दा चर्को शुल्क आरोप छ । नीजिलाई स्थापित र सामुदायिकलाई विस्थापित गराउने महानगरले जसरी शैक्षिक नीति बनाउन खोज्दैछ त्यो तत्काल रोक्न र विभिन्न बहानामा भर्ना शुल्क मापदण्ड भन्दा बढी लिएको भन्दै त्यो रकम विद्यार्थीहरुलाई फिर्ता गर्न संगठनले माग गरेको छ ।

नीजि विद्यालयहरुका संरक्षक महानगर र संचालकले थोरै पन बदमासी गर्न खोजेमा संगठन जस्तो सुकै संघर्षमा जन बाध्य हुनेछ र उत्पन्न परिस्थितिको जिम्मा स्वयम् महानगरले लिनुपर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)की कार्यवाहक अध्यक्ष आस्था नेपालीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्र प्रति राज्यले गैरजिम्मेवारीपन देखाएको आरोप विज्ञप्तीमा उल्लेख छ ।

छात्रबृत्ति र शुल्क बृद्धिमा विप्लप माओवादी निकट विद्यार्थीको आपत्ति विज्ञप्ति सहित
छात्रबृत्ति र शुल्क बृद्धिमा विप्लप माओवादी निकट विद्यार्थीको आपत्ति
कमेन्टहरु
Loading...