कबि तथा गितकार बिनोद गौचनको निधन (फोटो फिचर )

सागर राज तिमिल्सिना
पोखरा, २० पौष/कवि तथा गीतकार विनोद गौचनको निधन भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचाररत गौचनको विहान निधन भएको उनका दाजु विश्वमोहन गौचनले जानकारी दिए । मंगलवार राती देखि आइसीयुमा उपचाररत ५८ बर्षिय गौचनको स्वास्थ्यमा अपेक्षीत सुधार हुन सकेको थिएन ।

Vinod Gauchanक्षयरोगको औषधी लिईरहेका गौचनको फोक्सोमा संक्रमण देखिएको थियो । गौचनको श्रीमती र एक छोरा छन् । उनको जेठो छोराको २ वर्ष अघि बेलायतमा कार दुर्घटनामा निधन भएको थियो । गौचनले रचना गरेको जति माया लाए पनि, कस्तो ठाउँमा फूल्यौं तिमी, तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले जस्ता गीतहरु लोकप्रिय छन् ।

उनको थुप्रै फुटकर कविता र गीतहरु प्रकाशित छन् । थोरै गीत रचना गर्ने र रेकर्ड गरिएको प्राय सबै गीतहरु उनको लोकप्रिय छन् । गौचनको ‘ढुङगे साँघुको मेलामा’ र ‘ पोखरामा फूल फुल्दैन’ गरि दुइ वटा कविता संग्रह प्रकाशित छन् । उनि थेरौ लेख्ने तथा धेरै समेट्ने खाल्का कविता तथा गित लेख्ने साहित्यकार भएको उनका साथी तथा गायक सरोज गोपाल ब्रजाचार्यले बताए ।

गौचन प्रति श्रद्धान्जली ब्यक्त गर्न उनको पोखराको शिवालय चोकमा रहेको घरमा सांगितिक क्षेत्रका ब्यक्तिहरुको ठुलो उपस्थिती रहेको छ । उनको सवलाई घरमै राखीएको छ । उनको भोली दाहासस्कार गर्ने उनका दाजु विश्वमोहन गौचनले जानकारी दिए ।binod gauchan (1) binod gauchan (2) binod gauchan (3) binod gauchan (4)

कमेन्टहरु
Loading...