पत्रकार लामिछाने फुटबलमा भागलिन थाइल्याण्ड जाँदै

पोखरा, २४ असार /रेडियो बाराहीका न्यूज डेष्क इन्चार्ज तथा पोखरा टेलिभिजनका खेलकुद कार्यक्रम प्रस्तोता विनोद लामिछाने थाइल्याण्डको पटायामा हुने दक्षिण एशियाली भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिताका लागि त्यसतर्फ जाने भएका छन् ।

भिआइपी वल्र्ड फुटबल फेडरेशनको निमन्त्रणामा त्यसतर्फ जान लागेका लामिछानेलाई फरक फरक कार्यक्रमका विच रेडियो बाराहीका कार्यकारी दिर्नेशक रमेश पौडेल र पोखरा टेलिभिजनका अध्यक्ष मनोज गुरुङ्गले शुभ–कामना सहित विदाई गरे ।

त्यसअघि लामिछानेलाई नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेले नेपालको प्रवद्र्धनात्मक सामग्री हस्तान्तरण गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वाध्यक्ष लामिछानेले प्रतियोगितामा भाग लिन आउने राष्ट्रका प्रतिनिधीहरुलाई नेपाल भ्रमण वर्ष २०२० का बारेमा पनि जानकारी दिने र नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने बताएका छन् ।

यहि जुलाई १२ देखि १६ सम्म हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल सहित विभिन्न ११ राष्ट्रले सहभागिता जनाउने छन् । रितुराज सापकोटाको संयोजकत्वमा नेपाली १८ सदस्यि टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाउने छन् । पोखराबाट लामिछानेसंगै सुरेसचन्द्र पहारी, विश्वराज पौडेल र समिर बरालपनि कार्यक्रममा सहभागि हुनेछन् ।

काठमाण्डौ, बिराटनगर, इटहरी धरान, पोखरा विभिन्न स्थानका खेलाडीहरुले सो प्रतियोगितामा सहभागिता जनाउने टोलि व्यवस्थापक हरि पाण्डेले बताए । ‘प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेका हौं, साथै नेपालमा यस प्रतियोगिताको सम्भाव्यताबारे पनि बुझ्ने छौं, सम्भावना देखिए यो खेल नेपाल भित्र्याउने हाम्रो लक्ष्य छ’–पाण्डेले भने ।

कमेन्टहरु
Loading...