संसद थापाले भने यातायात व्यावासायी र मजदुरको समस्या बुझ्नु प¥यो

पोखरा, २५ असार /गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले बुधबार गण्डकी प्रदेशको विशेष समयमा बोल्दै पोखरामा ट्याक्सी तथा माईक्रो बसको कोरोना पूर्वको समयमा २०५९ सालमा कायम भएको वैज्ञानिक भाडा दर लागु नगर्दा पोखरामा संचालित २३ सय ट्याक्सी र ५ सय माईक्रो बसमा आश्रीत साढे १३ हजार परिवार मर्कामा परेको बताएका छन् ।

पोखरामा चल्ने २७ सय गाडीमा सरदर ५ जनाको परिवार छन् । मजदूर, साहु, बैंक, मोटर पार्टस्, टायर मर्मत, पेट्रोल पम्प, ग्यारेज लगायतको हिसाब गर्ने हो भने २ लाख वढि व्यक्ति प्रत्यक्ष अप्रत्यक्ष रोजगारिमा गाँसिएका छन्, थापाले भने “वैज्ञानिक भाडा दरमा प्रत्येक वर्षको असार मसान्तमा ३५ प्रतिशत इन्धन र ६५ प्रतिशत बैंक व्याज, पार्टस्, गाडीको मूल्य वृद्धिको आधार मानेर निर्धारण गर्नुपर्नेमा २०६९ साल यता भाडा दर समायोजन हुन सकेको छैन ।” थापाले यस पटक कोभिड १९ को कारण यातायात क्षेत्र धरासायी भएको र आश्रीत परिवारको बिचल्ली भएको बताए ।

गण्डकी प्रदेशमा लामो दूरीमा चल्ने र छोटो दूरीमा चल्ने यातायातका १९ कम्पनीका २५ हजार गाडी रहेका छन् । लामो÷छोटो दूरीका बस १४ हजार रहेका छन् । यिनको हालत पनि दयनिय भएको थापाले बताए । तर सरकारले गण्डकीमा भाडाका बसको सवारी करमा ६० प्रतिशत छुट दिए पनि अन्य करमा ३३ प्रतिशत छुन दिन नसकेको बताए ।

व्यवसायीले व्याज र किस्ता बुझाउन नसक्दा १५० वटा गाडीको चावी बैंकलाई बुझाईसकेका छन् । थापाले व्यवसायी र मजदुरलाई बचाउन सरकारको कर्तव्य भएको बताउँदै आर्थिक वर्ष ०७७/७८ को वजेटमा विनियोजन गरिएको जीवन रक्षा कोष १ अर्वको भएपनि कोषको सुविधा पर्यटन, यातायात व्यवसायीले पनि पाउनु पर्ने भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए ।

थापाले बैंक व्याज ५ प्रतिशत घटाउनु पर्ने, किस्ता र व्याज ६ महिना पर सार्नुपर्ने, गाडी चलाउँदा ५० प्रतिशत यात्रु राखेर चलाउनु पर्ने र भार दर समायोजन गरेर आर्थिक प्याकेजको लागि तत्काल प्रदेश सरकारले पहल गर्न आग्रह गरे । उनले व्यवसायीलाई बचाई राख्ने हो भने सरकारले लोक कल्याणकारी राज्यको पहिचान बनाएर देखाउनु पर्ने बताए ।

एक निर्वाचन क्षेत्र एक सडकको अवधारणा अनुसारको काम रातो किताबमा लेखिए पनि त्यस अनुसार काम नभएको बताए छ । प्रदेश सभामा वुधवार सून्य समयमा बोल्दै थापाले आफुले प्रतिनिधित्व गरेको कास्की क्षेत्र नं २ ख मा नारायणस्थान पुल, भलाम खोला पुल चण्डिपाटन देउराली हुँदै अर्मला सम्मको सडकलाई ३ वर्षको अवधिमा १२ करोड १० लाख विनियोजन भएपनि रातो किताबमा लेखिए अनुसार नारायणस्थान पूलबाट सडक सुरु गर्नुपर्नेमा २ किलो मिटर बाटो छोडेर भलाम खोलाबाट माथिपट्टि मात्रै काम वढेको बताए ।

रातो किताब पास भईसकेपछि त्यो सरकारको भन्दा सदनको सम्पति हुने भएकोले सोहि अनुसार काम गर्नु पर्नेमा नारायणस्थान पूलबाट तल्लो भलाम खोला पूल सम्मको २ किलोमिटर सडक यसवर्ष मर्मत संभार र स्तरउन्नती मात्र भएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...