विश्व रेडक्रस दिवसको अवसरमा विन्ध्यवासीनिमा भोजन

पोखरा, १८ वैशाख /मातातिर्थ औसिको सन्दर्भ तथा विश्व रेडक्रस दिवस तथा कानुन दिवसको अवसरमा सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा विन्ध्यवासिनी मन्दिरमा भोजन गराएका छन् । सवैलाई सेवा भाव तथा समानताको भावना जागृत गराउने उद्देश्यले विन्ध्यवासीनि मन्दीर परीसरमा माग्न वस्नेहरुलाई खाना खुवाउने कार्यक्रम फलफुल वितरण तथा सचेतना कार्यक्रम आयोजना गरीएको कार्यक्रम संयोजक ममता गुरुङले जानकारी गराइन् ।

विश्व रेडक्रस दिवसको अवसरमा विन्ध्यवासीनिमा भोजन
विश्व रेडक्रस दिवसको अवसरमा विन्ध्यवासीनिमा भोजन

कार्यक्रममा खाना खुवाउनु अगाडि स्वस्थको महत्व वताउदै हात धोएर खाना खानुपर्ने, दिनहु नुहाउनु पर्ने, खुसी हुनुपर्ने, सफा हुनुपर्ने आफ्ना छोराछोरीलाई शिक्षा प्रदान गर्नुपर्ने, मागेर कमाएको पैसा फजुल खर्च तथा मध्यपान वा धुम्रपान नगरी वचत गर्नुपर्ने र सिप सीकेर आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने लगायतको कुरामा अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले जानकारी गराएकि थिइन् ।

कार्यक्रममा निशुल्क औसधी तथा स्वास्थ सेवाको समेत सरकारले व्यवस्था गरेको कारण सरकारी अस्पताल तथा स्वास्थ केन्द्रमा स्वास्थ जाच गराउन समेत उत्प्ररणा जगाइएको थियो । योग प्रशिक्षक तारा भट्टराईले योगको महत्वका वारेमा समेत जानकारी गराउदै योग र ध्यान गर्न समेत अनुरोध गरेकी थिइन् । कार्यक्रममा अर्थ संयोजक सरस्वति अधिकारी सदस्यहरु प्रिया थापा, राधीका कडेल, इसा अग्रवाल, कल्पना भुवाजी र धना पंण्डीत, देवी ढुंगाना लगायतको सक्रिय सहभागिता जनाएका थिए ।

त्यस्तैगरि मातार्थि औसीको दिन समेत पोखरा वृद्धाआश्रममा खाजा खुवाउने कार्यक्रम तथा आध्यात्मिक सचेतना कार्यक्रम आयोजना गरीएको थियो भने बात्सायन वृद्धाश्रम र वालआश्रममा समेत सहयोग गरिएको कार्यक्रम संयोजक सरस्वति अधिकारीले जानकारी गराएकी छिन् ।

कमेन्टहरु
Loading...