पोखरामा आमा सगँ हिडेकी ४ बर्षिय बालिका नहरमा खसेर बेपत्ता

पोखरा, २० पुस / पोखरा ५ मालेपाटनमा आमा सगँ हिडेकी ४ बर्षिया बालिका नहरमा खसेर बेपत्ता भएकी छन् ।

पोखरा ५ मालेपाटनकी बस्दै आएकी ४ बर्षिया सृजना सुबेदी नहरमा खसेर बेपत्ता भएकी हुन् । आमा इन्दिरा सुबेदी सगँ आएकी सृजना सुबेदी पोखरा ५ बाराही मावि नजिकैको नहरबाट खसेर प्रहरीले जानकारी दिएको छ ।

आमा सगँ हात समातेर हिडेकी उनी अचानक नहरमा खसेकी थिइन् । नहरमा खसेको जानकारी पाउने वित्तिकै स्थानीय र मालेपाटनमा रहेको शसस्त्र प्रहरीको टोलीले राति सम्म खोजेपनि भेटाउन सकेन ।

नहरको पानी नै बन्द गरेर खोजे पनि नभिएको शसस्त्र प्रहरीले जानकारी दिएको छ । खोजी गदै प्रहरीको टोली बुलौदी खोला सम्म पुगेको थियो ।

कमेन्टहरु
Loading...