पोखरामा १० वर्षिय बालिकाको बलत्कार पछि हत्या

सागर राज तिमिल्सिना
पोखरा, २४ असोज /कास्कीको ढिकुरपोखरी गाविस १ बस्तेकोस्वारामा १० वर्षिय बालिकाको हत्या भएको छ । १० वर्षकी कन्चन विकाको घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् ।

घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । स्थानीय राजकुमार विककी छोरीको घर माथिको खेतमा मृत अवस्थामा भेटिएकी थिइन् । शनिबार दिनको करिव ४ बजेतिर घरबाट हराएकी विकको आइतबार बिहान घर भन्दा माथिल्लो खेतमा मृत अवस्थामा भेटिएको थियो । उनका बाबु विदेशमा छन् ।

कास्की प्रहरीले अनुसन्धानका लागि दुई जनालार्इ कास्की प्रहरीले अनुसन्धानका लागि लिएको छ । कास्कीका प्रहरी प्रमुख घनश्याम अर्यालले बालिकाको हत्या गर्नेलाई प्रक्राउ गरि सकेको र थप अनुसन्धान भईरहेको बताए । उनले बलत्कार पछि हत्या हो वा हत्या मात्रै हो भन्ने विषयमा पोष्टमार्टको रिपोट आए पछि थाहा हुने बताए ।

कमेन्टहरु
Loading...