पोखरामा विकासका काम कतै बाटो कतै पुल

पोखरा, ३१ असार /आर्थिक वर्षको अन्त्यतिर अहिले धमाधम काम सकिएका विकासका कामको उद्घाटन निहुँ भएका छन् । शनिबार पोखरामा विभिन्न क्षेत्रमा उद्घाटन भए । पोखरा महानगरपालिका वडा नं. १५ स्थित स्यानीमजुवा टोल अन्तर्गत रहेको बसुन्धरा मार्गको पक्की ढलान बाटो तथा पुल उद्घाटन भयो ।

स्यानीमजुवा टोल विकास संस्था तत्पतामा निमार्ण भएको बाटो तथा पुलको पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेलले गरे । उनले धेरैभन्दा धेरै जनताको सहभागिता र सक्रियतामा उक्त बाटो निमार्ण कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा वडा नं. १५ का नेपाली कांग्रेसका सभापति टोपबहादुर थापामगर, महानगरपालिकाका सहायक इन्जिनियर अनिल आचार्य, समाजसेवी घनश्याम गौतम लगायतले शुभकामना दिए । सो मार्गको २२५ मिटर पक्की ढलान गर्न र २० फिट लम्बाइ र १० फिट चौडाइ कल्भर्ट (पुल) निर्माण गर्नको लागि जम्मा ४० लाख रुपैया खर्च लागेको उपभोक्ता समितिका अध्यक्ष राजेश गौतमले जानकारी दिए । जसको लागि नगरपालिकाबाट ९ लाख र जिविसबाट १० लाख निकासा गरिएको र अन्य रकम स्थानीयबासी र सहयोगी चन्दादाताहरुबाट सहयोग संकलन गरिएको गौतमले बताए ।

स्यानीमजुवा टोल विकास संस्थामा ५३ घरधुरी आवद्ध रहेको र यस मार्गबाट आवत जावत गर्ने सयौं मानिसहरु लाभान्वित हुने स्यानीमजुवा टोल विकास संस्थाका अध्यक्ष इश्वर आलेमगरले बताए । बाटो वडा नं. १४ काजीपोखरी थापा मार्ग हुँदै वडा नं. १५ कोलपाटन जोड्ने मार्ग हो ।

साढे चार लाखको लागतमा बाटो ढलान

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित बाराही टोल विकास समिति अन्तर्गतको भित्री बाटो चार लाख ५२ हजार रुपैयाको लागतमा ढलान गरेको छ ।

सुकुम्वासी बस्तिमा रहेको कूल एक सय चार मिटर लम्वाईको सो बाटो वडास्तरीय बजेट तीन लाख ३३ हजार र एक लाख २२ हजार बराबरको जनश्रम परिचालन गरि निर्माण सम्पन्न गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले निर्माण सम्पन्न भएको बाटोको उद्घाटन गर्दै मुलुकको समृद्धिका लागि गरिबीको रेखामुनी रहेको वर्गको उत्थान अपरिहार्य भएको बताए ।

सञ्चारकर्मी हरि बास्तोलाले कम्यूनिष्ट पार्टीले सुकुम्वासी बस्तिलाई भोट बैंककोरुपमा मात्र नभई उनीहरुको समस्या समाधानतर्पm लाग्नु वर्तमानको आवश्यकता भएको बताए ।

गौरिमार्ग लेन २ को बाटो

गौरिमार्ग टोल बिकास संस्था अन्तर्गत गौरिमार्ग ले २ को बाटोको उद्घाटन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० को वडा तथा नगर स्तरिय बटजेटबाट निर्मित ढलान बाटोको पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राज कुमार गुरुङले उद्घाटन गरे ।

बाटोको उद्घाटन गर्दै गुरुङले जनताले चुनेर पठाएकाले वडाले कुनै पनि राजनैतिक रङ र ह्याङ बोकेर नभइ जनताको मन जितेर काम गर्नुपर्ने बताए । ३८२ मिटर लम्बाइ र ४ मीटर चौडाइ भएको सडक निर्माणका लागी वडा र महानगर र स्थानियबासी गरी ३० लाखको लागतमा सम्पन्न भएको गौरिमार्ग टोल बिकास संस्थाका अध्यक्ष सूर्य बहादुर बानियाले बताए ।

गौरिमार्ग टोलका सम्पूर्ण शाखा सडकहरु निर्माण सम्पन्न भइसकेको बताउदै बानियाले आगामी दिनमा बुद्धचोकदेखी भारतिय पेन्सन क्याम्प सम्मको बाटोको दुवै तर्फको नाला सफा गर्नका लागि वडाले सहयोग गर्न समेत बानियाले वडा अध्यक्ष गुरुङलाई आग्रह गरे ।

सो अवसरमा वोल्दै बाटो निर्माण उपभोक्ता समितीका अध्यक्ष सुवेदार मेजर शेर बहादुर गुरुङले आफ्नो टोलका सम्पूर्ण सडकहरु निर्माण सम्पन्न गराउन पाउदा निकै खुसी लागेको वताउदै गौरिमार्ग टोलमा खानेपानीको समस्या रहेकाले यसबारेमा वडाले पहलकदमी गरिदिन आग्रह गरे ।

 

 

कमेन्टहरु
Loading...