बिजुलीको तारसट हुदाँ पोखराको हल्नचोकमा आगोलागी

पोखरा, ९ माघ /पोखराको हल्नचोकमा विजुलीसट हुदाँ आगोलागी भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ हल्लनचोकमा विजुली तार सट हुदाँ विजुलीका तारहरु र नजिकको घरमा असर परेको छ ।

पोलमा भएका टेलिफोन, केबुल, बिजुलीका तारहरु जलेका छन् । आगोलागीबाट नजिकका घरहरुमा असर गरेको छ । त्यसै गरि सोही पोलमा राखीको सिसि क्यामेरा समेत जलेको छ । केही बेरामा दमक आए पछि आगो नियन्त्रणमा लिएको थियो ।

कमेन्टहरु
Loading...