पत्रकार नेपाललाई रोट्रयाक्ट पत्रकारिता पुरस्कार

पोखरा, १६ असार/पत्रकार विजय नेपाललाई रोट्रयाक्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रोेट्रक्याट क्लब अफ पोखराको १७ औं पदस्थापना तथा चार्टर सेरेमनी अवसरमा पत्रकारितामार्फत समाजमा योगदान पु¥याएकोमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का असिष्टेन्ट गभर्नर रविप्रसाद बरालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् ।

पुरस्कार राशि ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । क्लबका पूर्व अध्यक्ष सुजन लामिछानेले हजुरबुवा महोदत्त र हजुरआमा देवकी लामिछानेको स्मृतिमा हरेक वर्ष प्रदान गर्ने गरी ‘महोदत्त–देवकी लामिछाने स्मृति रोट्रयाक्ट पत्रकारिता पुरस्कार’ स्थापना गरेका थिए । सोही नामको पुरस्कारबाट गत वर्ष पत्रकार प्रकाश ढकाल सम्मानित भैसकेका छन् । त्यसअघि रोट्रयाक्ट पत्रकारिता सम्मान पत्रकार श्याम कुँवर र दीननाथ बराललाई दिइएको थियो ।

पुरस्कार छनोट समिति संयोजक एवं क्लबका पूर्व अध्यक्ष शोभाकान्त सिग्देलले पुरस्कृत व्यक्तित्वको परिचय गराएका थिए । छनोट समिति सदस्यमा संस्थापक सुजन लामिछाने र क्लबका आइपीपी शिव सुनार थिए ।

डेढ देशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील पत्रकार विजय नेपाल हाल राजधानी दैनिकमा पोखरा समाचारदाता र आदर्श समाज दैनिकमा सहायकसम्पादक छन् । उनले यसअघि रासस, रेडियो बाराही, समाधान, पोखरा हटलाइन, संचारदर्पण, राइजिङ पोखरामा पनि काम गरेका थिए ।

गत वर्षमात्रै विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता सम्मान पाएका पत्रकार नेपाल यसअघि लुक्स पत्रकारिता सम्मान, बाघमारा उत्कृष्ट पत्रकारिता सम्मान लगायत तथा दर्जन बढी संघसंस्थाबाट सम्मानित भएका छन् । सम्मानपछि उनले पत्रकारिता क्षेत्रमा अझ बढी उत्साह र जिम्मेवार थपेको बताए ।

कमेन्टहरु
Loading...