विजय माध्यमिक विद्यालयमा ३५ औ वार्षिकोत्सव

पोखरा, १७ पुस /गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिक्षाको विकासले मात्रै देशको विकास हुने भन्दै प्रयोगात्मक शिक्षामा जोड्दिनु पर्न बताएका छन् । पोखरा १३ को आर्वामा रहेको विजय माध्यमिक विद्यालयले ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री बस्नेतले शिक्षाले नै देश विकासको गति अगाडी बढ्ने बताए ।

उनले व्यवहारीक शिक्षका लागि विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा दिनुपर्नेमा जोड्दिए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले शिक्षा स्थानीय निकाय मातहतमा आएको बताउदै गुणस्तरीय शिक्षा दिन महानगर योजना बनाएर अघि बढ्ने बताए ।

कार्यक्रममा पुर्व जिविस उपसभापति श्रीनाथ बरालले प्राविधिक शिक्षाले नै देश विकास गर्ने बताउदै त्यसैलाई जोड्दिनु पर्ने उल्लेख गरे । त्यसै गरि पोखरा महानगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले विद्यालयहरुमा आइटीसी शिक्षा प्रदान गर्न योजना अगाडी बढाएको बताए ।

विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले विद्यालयमा भारतीय दुताबासको सहयोगमा १६ कोठे भवन र विद्यालयको पर्खाल निमार्णको काम अन्तिमचरणमा पुगेको बताए । कार्यक्रममा अमरसिंह स्रोत केन्द्रका स्रोत ब्यक्ति शिव प्रसाद सापकोटा, अमर ज्योती आवासीय विद्यालयका प्रधानध्यापक विमल प्रसाद बराल, चन्डीका आवासिय विद्यालयका प्रधानध्यापक जमानसिंह गुरुङ, कोपिला बराल, हरिप्रसाद बराल, हिमलाल बराल शुभकामना दिएका थिए ।

विद्यालय शिक्षक झलक पौडेल, विद्यार्थी दीपक पौडेल, बालकृष्ण विक, लेखा शिक्षक चन्द्र उदय बराल लगाएतले विद्यालयको बारेमा जानकारी दिएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि बहादुर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सास्कृतक कार्यक्रम भएका थियो भने उत्कृट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कमेन्टहरु
Loading...