सातौँ सँस्करणको ‘बिग आइकन’मा एभिन्यूज ‘टेलिभिजन पार्टनर’

पोखरा, ३१ भदौ/बिग आइकनको पछिल्लो सिजन शुरु भएको छ । फाराम वितरण गरिरहेको आयोजक बिग एफएमले टेलिभिजन पार्टनरको रुपमा एभिन्यूज टेलिभिजनलाई फाईनल गर्दैै सातौँ सँस्करणको बिग आइकनको सिजनको प्रचारप्रसारलाई तिव्रता दिएको हो ।

गायन रियालिटि शो बिग आइकनको सातौँ सँस्करणमा टेलिभिजन पार्टनर रहने विषयमा एभिन्यूज टेलिभिजनका मार्केटिङ चिफ कमल शाह र बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालबीच सहमती भएको हो ।

टेलिभिजन पार्टनरको रुपमा एभिन्यूज टेलिभिजनलाई आबद्ध गराएसँगै विग एफएमका मार्केटिङ म्यानेजर बरालले देशकै सर्वश्रेष्ठ न्यूज च्यानललाई ईभेन्टसँग जोड्न पाउँदा खुशि लागेको बताए । ‘विग आईकनको प्रभावकारिता देखेर एभिन्यूज टेलिभिजन सँधै हामीसँग सहकार्य गर्न तत्पर भएको हो ।’ उनले भने–‘टेलिभिजनले देखाएको यो खालको चासोले हामीलाई हौसाएको छ ।’ एभिन्यूजले यस अगाडिका दुई सँस्करणका बिग आइकनमा पनि टेलिभिजन पार्टनरको रुपमा सहकार्य गरिसकेको छ ।

एभिन्यूज टेलिभिजनका मार्केटिङ चिफ कमल शाहले गायन रियालिटि शो बिग आइकनसँगको सहकार्य निकै प्रभावकारी रहने अपेक्षा गरे । उनले गायन प्रतिभाहरुको उत्कृष्ट मञ्च बनिसकेको विग आईकनलाई प्रचारप्रसारमा सहयोग गर्दा आफुहरु पनि उत्तरदायी भएको महशुस गर्ने बताए ।

केहि समयमै शुरु हुने बिग आइकनको सातौँ सिजनको बारेमा एभिन्यूज टेलिभिजनले निरन्तर समाचार सम्प्रेषण गर्नेछ । र, उसले विभिन्न खालको कार्यक्रमको प्याकेज समेत बनाउनेछ । त्यस्तै टेलिभिजनले माघको पहिलो साता हुने बिग आइकनको ग्राण्ड फिनालेलाई प्रत्यक्ष प्रशारण समेत गर्नेछ ।

कमेन्टहरु
Loading...