विग एफएमलाई उद्योग वाणिज्य संघको सम्मान

पोखरा, १२ असोज/पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनिकरणका लागि विग एफएमले गरेको सहयोगको कदर गर्दै संघले एफएमलाई विशेष सम्मान व्यक्त गरेको छ । उसले एफएमलाई मायाको चिनोसहित सम्मान व्यक्त गरेको हो । संघको ५९ औँ अधिवेशनमा अर्थमन्त्री शंकर कोइरालाले एफएमलाई मायामो चिनो हस्तान्तरण गरेका थिए ।

big fmएफएमको तर्फबाट कार्यक्रम संयोजक संजोग बस्यालले मायाको चिनो लिएका थिए । विग एफएमले वर्षेनी गर्दै आएको ग्राण्ड ईभेन्ट ‘विग आईकन’को फाईनलमा टिकटबाट उठेबापतको रकम बालश्रम न्यूनिकरणका लागि संघलाई उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्षबाट एफएले संघको बालश्रम न्यूनिकरण कार्यक्रमलाई सहयोग गर्न थालेको हो ।

मायाको चिनो सहितको सम्मान गर्दै संघले आगामी दिनमा पनि विग एफएमबाट सहयोगको अपेक्षा गरेको जनाएको छ । विग एफएमले बालश्रम न्यूनिकरणका लागि संघले थालेको अभियानमा सहयोग गर्न जुनसुकै बेला तयार भएको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...