वृद्धाश्रमलाई खाद्यान्न भन्दा दाउरा उपयुक्त

पोखरा /पोखरा १७ मा रहेको पोखरा वृद्धाश्रमलाई जुस, चामल, फलफुल भन्दा खाना बनाउन दाउरा सहयोग उपयुक्त हुने वृद्धाश्रममा अध्यक्ष वसन्त केशव पराजुलीले वताएका छन् ।

पोखरा १७ मै रहेको सुशान्त टोल विकास संस्थाले मुठिदान अन्र्तगत संकलन भएको ५७ केजी चामल हस्तान्तरण गर्न गएको टोलीको जिज्ञासामा उनले अहिले धेरै जनालाई खाना पकाउनु पर्ने भएकोले ग्यासमा भन्दा दाउरामा खाना पकाउन उपयुक्त हुने भएको भन्दै सो कुरा व्यक्त गरेका हुन् ।

शानिबार सुशान्त टोल विकास संस्थाका अध्यक्ष मीनबहादुर रानाभाट, सचिव राजेन्द्र सुवेदी, कोषाध्यक्ष ईश्वरीप्रसाद पौडेल र सदस्य रामबहादुर थापा शनिबार बिहान नै टोलवासीले उठाएको मुठिदानको चामल लिएर दिउँसो वृद्धाश्रम पुगेका थिए। सो अवसरमा टोलका अध्यक्ष रानाभाटले हरेक वर्षको वैशाख, साउन र माघ १ गते टोलले मुठिदान अन्र्तगत चामल सहयोग गर्दै आएको वताएका थिए ।

सोही अवसरमा वैदाम जरेवरमा रहेको सवि व्युटि पार्लरका संचालकद्वय विन्दु आचार्य र निता हजारे पनि वृद्धाश्रममा रहेका आमाहरुलाई आफैले चुरा लगाई दिएका थिए । उनिहरुले पनि वेला वेलामा गएर वृद्धावृद्धको सेवा गर्ने गरेको वताए भने त्यहाँ रहेका सबै त्यसबाट अत्यन्तै प्रभावित भएको वताएका थिए ।

वृद्धाश्रममा अहिले ३८ जना वृद्धा र २६ जना वृद्ध वस्तै आएका छन् । उनिहरुको लागि आश्रममा ४७ वटा कोठा रहेका छन् भने विरामी असक्त र ९७ वर्षसम्मका वृद्धवृद्धाहरुले त्यहाँ आफ्नो जिवनका अन्तिम समय विताई रहेका छन् ।

कमेन्टहरु
Loading...