कास्की २ मा विद्याले गरिन् मनोनयन दर्ता

पोखरा, २१ कात्तिक / कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।

उनको उम्मेदवारीमा गण्डकी प्रदेश सभा सदस्य समेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेश सभा सदस्य प्रभा कोइराला समर्थक छन् ।

पोखरा राष्ट्र बैंक चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले समर्थक सहित पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

नेकपाकी उम्मेदवार विद्या भट्टराई भन्दा अघि स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले मनोनयन दर्ता गराएका थिए । उनी संरक्षणकर्मी हुन् । उम्मेदवारी दर्तामा कुँवर पहिलो र विद्या दोस्रो भएकी छन् ।

अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वमा पार्टीकी नेतृ रजनी केसी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर दर्ता गरेकी छन् ।

कमेन्टहरु
Loading...