विकासको काम सुचारु गर्नुपर्ने देखियो- सभापति कोइराला

पोखरा, १० वैशाख/ गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले देश लकडाउनमै भए पनि विकासको काम सुचारु गर्नुपर्ने देखिएको बताउनु भएको छ । लकडाउनमा पनि कामजारी राखेको पोखराक २२ स्थिति फुस्रेखोला चिसापानी जोड्ने मोटरेबल पूलको अबलोकन गर्दे कोइरालाले सो कुरा बताउनु भएको हो ।

महत्वपुर्ण योजनाहरुमा काम सुचारु गर्न श्रमिकलाई सामाजिक दुरी कायम राख्दै आवश्यक सामाग्री उपलब्ध गराएर जोखिमनहुने गरि काम सञ्चालनगर्न निर्माण कम्पनीलाई अनुमतिदिनुपर्ने बताउनु भएको छ ।

अहिले निर्माण जारीरहेको फुस्रे खोलाकै पुलमा लकडाउन भरि कामहुननसकेको भएअहिले सम्मको लगानी खोलामा आउने बाढी संगै बालुवामा जाने अबस्था रहेको बताउनु भयो । बर्खा लाग्नुभन्दा अगाडि काम सक्ननिर्माण कम्पनीश्री गीता सीम्रन जेवीका बल बहादुर रानालाई आग्रहगर्नुभयो ।कोइरालाले आबश्यक सामान ढुवानीको लागिपहलगर्ने बताउनु भयो ।

लकडाउनको अबधीमा पनि  कामजारी राखेको भन्दै निर्माण कम्पनीलाई धन्यबाद दिनु भयो । कोइरालाले कतिपय योजनाको कामअन्तिम अन्तिम चरणमा पुगेको तर काम सम्पन्न नभए बर्षाको कारण पुनं जिरोबाट शुरु गर्नुपर्ने लगानी सवै बालुवामाजाने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयकालाई पनि यस तर्फ सचेत हुनध्यानआर्कषण गराउनु भएको छ ।

सोही क्षेत्रकाप्रदेश सांसद राजीवपहारीले समयमै काम सम्पन्नगर्न आफुहरुको तर्फबाट निर्माण कम्पनीलाई सहयोग गर्न तयार रहेको जनाउनु भयो।पहारीले सामाग्री ढुवानीको लागिपासको ब्यबस्थाहुने भन्दै यस बर्षको बर्खामा पुलबाट मोटर गुड्नुपर्ने बताउनु भयो ।

निर्माण कम्पनीका बेल बहादुर रानाले सटिङको काम सकिएकोले बैशाख २० गते सम्मपुल ढलान गर्ने बताउनु भयो । रानाले बाहिरबाट आउने सवै आबश्यक सामाग्रीआइसकेको र सिमेन्ट ल्याउने बातावरण बने आफुले असार मसान्त सम्मपुलको निर्माण पुर्णरुपमा सक्ने बताउनु भयो ।

पूर्वाधार विकास कार्यालयकाइन्जिनियर सुमन गिरीले भ्याट बाहेक ३ करोड ५२ लाखको लागतमापुलनिर्माणको सम्झौताभएको बताउनु भयो । ३५ मिटर लामो र ९ मिटर चौडाई रहेको पुलमादुवै साइडमा एक एक मिटरको फुटपाथ रहने गिरीको भनाई छ ।

सो पुल पनि प्रि स्ट्रेष्टप्रविधिमा आधारित पुलरहेको बताउनु भयो । गुणस्तरमाकुनै सम्झौतानगरी पुलनिर्माणको अनुगमनमालागि रहेको इन्जिनियर गिरीको भनाई छ ।

कमेन्टहरु
Loading...