भुमेश्वर निमाविको ५३ औं वार्षिकोत्सव

पोखरा, २५ माघ।भुमेश्वर निम्न माध्यमिक विद्यालय धिताल–८, अस्तामको ५३औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुड्डले शिक्षा विना कुनै क्षेत्रको विकास नहुने भएकोले शिक्षा अपरिहार्य भएको बताए । ‘शिक्षा विना विकास असम्भव छ’–उनले भने–‘विद्यार्थीलाई राम्रो संस्कार र राम्रो शिक्षा दिन सकेमा नया नेपालको कल्पना गर्न सकिन्छ ।’ यस विद्यालयले पनि अहिलेको सूचना प्रविधिसँग घुलमिल रहेर शिक्षा दिएको वताउदै उनले अरु विद्यालयले पनि यस विद्यालयको सिको गर्नु पर्ने बताए ।‘विद्यालयले सुचना प्रविधिमा रहेर विद्यार्थीहरुलाई शिक्षा दिन थालेको छ यो सकारात्मक पक्ष हो’ उनले भने–अहिलो सुचना र प्रविधिसँग घुलेर शिक्षा दिन सकेमा मात्र हामीले सोचे जस्तो जनशक्ति तयार गर्ने सक्ने छौ ।’ उनले विद्यालयले गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको निरन्तरताको कामना गरे। भुमेश्वर निम्न माध्यामिक विद्यालयका पूर्व प्रध्यानाध्यापक माधवशरण बास्तोलाले आफुले अध्यापन गरेको विद्यालयले अहिले आएर ठूलो प्रगति गरेको भन्दै खुशी व्यक्त गरे । ‘आफुले पढाएको विद्यार्थी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेर विद्यालयलाई यो अवस्थामा ल्याएकोमा मलाई पनि गर्भ लागेको छ’–उनले भने– ’व्यवस्थापन पक्ष यस्तै सवल हुदै जाओस् भन्ने म शुभकामना दिन चाहन्छु ।’

छिमेकी विद्यालय अम्विका माध्यामिक विद्यालयका विद्यालय व्यवास्थापन समितिका अध्यक्ष नेत्र भण्डारीले युवाहरुले नेतृत्व गरेमा विकास सम्भव छ भन्ने यस विद्यालयले देखाएको बताए । ‘युवाहरुको सक्रियताले नै विद्यालयले राम्रो प्रगति गरेको छ’–उनले भने–‘युवाहरु यसरी नै सामाजिक क्षेत्रमा क्रियाशिल हुने हो देशले अवश्व नै फड्को मार्ने छ ।’ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका भुतपूर्व अध्यक्ष चक्रपाणी अधिकारीले विद्यालाई मजवुत वनाउका लागि सवै एक भएर लाग्नु पर्ने बताए ।

अभिभावक वसन्तराज अधिकारीहरुले विद्यालयलाई मजवुत वनाउनका लागि अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउँदै आफ्ना छोरा छोरीलाई वोडिड्ड स्कुल होइन कि सरकारी विद्यालयमा नै पढाउन पहल गर्नु पर्ने स्पष्ट पारे । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक सिताकुमारी अधिकारीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै विद्यालायलाई हर क्षेत्रबाट सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद व्यक्त गरेकी थिईन् । कार्यक्रममा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाव तथा शैक्षिक सत्रको पुरस्कारसमेत वितरण गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य दुर्गादत्त अधिकारीले विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका थिए ।विद्यालयलाई हिमालयन वुद्ध फाउण्डेशन कास्की र वुद्ध फाउण्डेशन जापन घुम्ती पुस्तकलयमार्फत निरन्तर वालवच्चाका उपयोगी शैक्षिक सामग्रीहरु निरन्तर सहयोग गर्ने जनाएको छ ।
कार्यक्रममा नन्दलाल अधिकारी, गोविन्दराज बाँस्तोल, वुद्धिसागर अधिकारीले स्थापना गरेका छात्रवृत्तिसमेत वितरण गरिएको थियो । साथै कार्यक्रममा विद्यालयका भुपु स्वर्गीय अध्यक्ष नित्यानन्द त्रिपाठीकोको स्मृतिमा उनका छोरा चितानन्द त्रिपाठीले वार्षिक रुपमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक रुपमा छात्र वृत्ति वितरण गर्ने घोषणा गरेका छन् ।

कमेन्टहरु
Loading...