भुकम्प पीडितका लागि संकलित राहतको वितरण सार्वजनिक

पोखरा, ११ चैत्र/भुकम्प पीडितका लागि संकलित राहत र वितरणको हरहिसाव पोखराका दुई समाजसेवी दिदिवहिनीले सार्वजनिक गर्नुभएको छ ।

भुकम्प पीडितका लागि संकलित राहतको वितरण सार्वजनिक
भुकम्प पीडितका लागि संकलित राहतको वितरण सार्वजनिक

तमु धिं नेपालकी महासचिव समेत रहनु भएकी समाजसेवी रुद्रकुमारी गुरुङ मैना र पोखरा ११ फूलवारीस्थित कञ्चनजंगा इङ्गिलस बोर्डिङ स्कुलको व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएकी समाजसेवी लक्ष्मी गुरुङले भुकम्प पीडितका लागि देश विदेशबाट संकलित राहत र वितरण बारे जानकारी गराउनुभएको छ ।

सामाजिक उत्तरदायित्वका लागि संकलित राहत र वितरण गरिएको विवरण सामाजिक पारदर्शिताका लागि पोखरामा विहीवार पत्रकार सम्मेलन सार्वजनिक गर्नुभएको हो । गत बैशाख १२ र २९ गतेको बिनासकारी महाभुकम्प पश्चात दुई दिदिवहिनीले भुकम्प पीडितका लागि २० लाख ७० हजार ९१३ रुपैया संकलन गरी २० लाख ९५ हजार ४१३ रुपैया राहत वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

अमेरिका रहनु भएकी आफ्नी छोरी चाटर्ड एकाउण्टेण्ट कमला, ज्वाई इञ्जिनियर सरोज गुरुङ, छोरा सचिन गुरुङ समेतबाट संकलित ५ लाख ८० हजार, युकेमा रहनु भएका काका राज गुरुङबाट १ लाख ५ हजार, तमु समाज बेल्जियमबाट प्राप्त ३ लाख १२ हजार ५०८ र आफ्नो तर्फबाट २४ हजार ५ सय गरी तमु धिं नेपालकी महासचिव समाजसेवी रुद्रकुमारी गुरुङ मैनाले १० लाख २२ हजार ८ रुपैया संकलन भएको र गोरखाको मिलिङ, सिमजुङ, सौरपानी, लाप्राक, गोरखा बजार, लमजुङको इलमपोखरी, तनहुँको फिरफिरे लामागाँउ, कास्कीको माछापुच्छ«े गाविस, पोखराका विभिन्न हस्पिटलमा रहेका घाइतेहरु, तमु धिं नेपालले स्थापना गरेको भुकम्प पीडित पुर्नस्थापना केन्द्र लगायतमा राहत वितरण गरेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

भुकम्प पीडितलाई तत्काल आवाश्यक औषधि, खाना, खाद्यान्न, लुगा, लत्ताकपडा, झोला, विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्रीहरु, सोलार बत्ती, त्रिपाल, जस्तापाता सहित नगद वितरण गरिएको उहाँले बताउनुभयो ।

कमेन्टहरु
Loading...