भूकम्पको दोस्रो किस्ता कात्तिक मसान्तसम्म लिनु पर्ने

पोखरा, ५ कात्तिक / विसं २०७२ को भुकंपका कारण भत्कीएर सम्वन्धीत पालिकामा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिक खटिनुपुर्व वनेका घरहरुले समेत नीजि आवास पुननिर्माण अनुदान रकम पाउने भएका छन् ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर अधिकारी क्षेत्रीको संयोजकत्वमा गठित जिल्ला पुननिर्माण सहजिकरण समिति कास्कीको मंगलवार वसेको वैठकले गाँउ/नगरपालिकामा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिक खटिनुपुर्व वनेका घरहरुको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मार्फत सम्वन्धीत वडाकार्यालयवाट प्राप्त एकिन तथ्याङका आधारमा अनुदान रकम उपलव्ध गराउन सम्वन्धीत कार्यविधि २०७६ अनुसार अगाडी वढाउने निर्णय गरेको हो ।

निजि आवासको विवरण संकलन भएपछि सो सम्वन्धमा गुनासो तथा उजुरी संकलन गर्न समितिले सात दिनको समयावधी समेत तय गरेको छ । वैठकले नीजि आवास पुनर्निर्माण समयमै सम्पन्न गर्ने तत्कालीन कार्यान्वयन योजनालाई अनुमोदन गरेको छ । कास्कीमा भू कंपका कारण ६०२६ वटा निजि आवासहरु भत्किएकोमा गत असारसम्म ५ हजार चार सय ९२ जनाले पहिलो किस्ता प्राप्त गरेका छन भने एक हजार सात सय जनाले दोस्रो किस्ता प्राप्त गरेका छन ।

पुननिर्माण प्राधिकरणले निर्माण कार्य सम्पन्न गर्न २०७६ कात्तिक मसान्तसम्म दोस्रो किस्ता र २०७६ माघ मसान्तसम्म तेस्रो किस्ता वापतको अनुदान रकम लिईसक्न आग्रह गरेको छ । गुनासोवाट थप भएका, जोखिम क्षेत्रका भूमीहीन, सार्वजनीक क्षेत्रमा घर वनाउन अनुमती प्राप्त गरेका, पुनरावेदन समितिवाट कायम भएका, प्रवलीकरण लाभग्राहीहरुको हकमा भने २०७७ असार मसान्तसम्म तेस्रो किस्ता लिन सक्नेछन् ।

पहिलो किस्ताको रकम लिएर यहि कात्तिक मसान्तसम्म दोस्रो किस्ता नलिने लाभग्राहीहरुले पहिलो किस्ता वापत लिएको रकम रु ५० हजार राष्ट्रिय वाणिज्हय वैंक र्पथ्वीचोक शाखामा रहेको राजश्व शिर्षक नं १५११२मा जम्मा गरीराजश्व दाखिला भौचर वुझाउनु पर्ने समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

कमेन्टहरु
Loading...