भदौरे तामागी रेडक्रसमा साधारणसभा

पोखरा, २७ माघ/ नेपाल रेडक्रस सोसाईटी भदौरे तामागि उपशाखाको दशौं साधारण सभा मंगलबार भदौरे तामागी गा.बि.स. स्थित ठूलाखेतमा सम्पन्न भएको छ ।
साधरण सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष धर्मराज अधिकारीले रेडक्रस बिश्वकै ठूलो मानबिय संस्थाहुनुको पछाडी यसका सात सिद्धान्तनै प्रमूख रहेको बताउनुभयो । साथै वहाले नेपाल जस्तो बिकसोन्मूख मूलूकमा मानबिय कार्य गर्ने एकमात्र सामाजिक संस्था रेडक्रस भएको बताउदै भदौरे तामागि गा.बि.स. को डुँडेफाटमा गत श्रावण १३ गते गएको पहिरो र भिषण बाढिका कारण ज्यान गुमाउने परिवारजन प्रति गहिरो श्रदाञ्जली ब्यक्त गर्दै घाईतेहरुको उद्धारमा स्थानिय रेडक्रसले गरेको कार्यको उच्च मूल्याङ्गकन गर्नुभएको थियो ।

वहाले फेवातालको मुहान खहरे खोला र हर्पनखोलाका आसपासमा रहेको भदौरे चापाकोटको जोखिमपुर्ण बस्तीलाई मध्येनजर गर्दै एक एम्वुलेन्सको टड्कारो आबश्यकता रहेको जानकारी दिनुभयो । कार्यक्रममा बिषेश अतिथि रेडक्रस भदौरेका संस्थापक सभापति एवं यसस्कर सदस्य प्रेमराज भण्डारीे, चापाकोट उपशाखाका सभापति सन्त बहादुर भुजेल भदौरे उपशाखाका सचिब बिष्णुप्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सभामा उपशाखाका सभापति भुवनीप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन र कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले प्रस्तुत गरेको लेखापरिक्षण प्रतिवेदन सर्वसम्मत पारीत भएको थियो । नेपाल रेडक्रस भदौरे तामागि उपशाखाका सभापति भुवानिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य उपेन्द्रराज पराजुलीले स्वागत मन्तब्य दिनुभएको थियो ।

कमेन्टहरु
Loading...