बेगनासको आनन्द ज्योति माविले जेटिएको अध्यापन अनुमति पायो

कृष्ण आचार्य , पोखरा, २४ भाद्र /पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको आनन्द ज्योति माविले

बालीविज्ञान विषय (जेटिए) को अध्यापन अनुमति प्राप्त गरेको छ । सिटीईभिटीले २०७५ भाद्र २३ गते शनिबार

गोरखापत्रमा सुचना प्रकाशित गरेर बेगनासमा रहेको आनन्द ज्योति माविलाई जेटिएको अध्यापन अनुमति

प्रदान गरेको हो । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिनिधीसभा कास्की निर्वाचन

क्षेत्र नम्वर १ का सांसद खगराज अधिकारीको बिशेष पहलमा आनन्द ज्योति माविले जेटिए कार्यक्रमको

अनुमनि पाए संगै अब बेगनासमा बालीविज्ञान विषयको पढाई सुरु हुने भएको छ ।

१८ महिने जेटिए कार्यक्रमामा आईतबारबाट भर्ना समेत सुरु गरिएको बिध्यालयका प्रधानध्यापक शुक्रराज

अधिकारीले गनथन डटकमलाई जानकारी दिए ।उनका अनुसार ४० जनाको क्षमता रहेको उक्त कार्यक्रमका

लागि सुरु भएको भर्ना अभियान आगमी असोज १० गते सम्म जारी रहने छ । एसईई परिक्षामा कम्तिमा १

दशमलव ६ जिपिए प्राप्त गरेका जुनसुकै बिद्यार्थीले उक्त कार्यक्रममा भर्ना हुन पाउने बिध्यालयले जनाएको छ

। प्राबिधिक शिक्षा भएकोले कुन बिषयमा कति नम्वर आयो भन्ने भन्दा पनि समग्रमा १ दशमलव ६ जिपिए

पाप्त गरेका बिद्यार्थील भर्ना हुन पाउने प्रअ अधिकारीको भनाई छ । स्थानीय स्रोत साधनमैत्री व्यावहारिक

शिक्षा दिन विद्यालयको निजी स्रोत र स्थानीयबासीको आर्थिक सहयोगमा प्रवीणता प्रमाणपत्रतह सरहको

अध्यापन सुरु गरिएको हो ।

यसका लागि १५ लाख रुपैयाँ विद्यालयको अक्षयकोषमा जम्मा भइसकेको छ । विद्यालय भवनका ३ वटा कोठा

बालिविज्ञान अध्ययनका लागि छुट्याइएको छ ।उक्त कार्यक्रमका लागी व्यवसायी पदमराज पौडेल , नरेन्द्र

ढुंगाना, वडा नम्बर ३१ का वडाध्यक्ष कमलबहादुर थापा, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोकर्ण

तिवारी, भण्डारढिक शिक्षा स्रोत केन्द्रका स्रोतव्यक्ति विष्णु तिवारी लगायतबाट आर्थिक सहयोग प्राप्त भएको

बिध्यालयले जनाएको छ ।बालिविज्ञान बिषय सञ्चालनका लागि सिटिइभिटीको टोलीले उक्त विद्यालयमा २

पटकसम्म अनुगमन गरेपछि अध्यापन अनुमति प्रदान गरेको जनाईएको छ । उक्त बिध्यालयमा जेटिए

विषयको पढाई हुने भएपछि पोखरा महानगरपालिका ३१ बेगनास र सिमाना जोडिएका पोखरा महानगरपालिका

२८ माझठाना, मादि गाऊँपालिका र रुपा गाऊँपालिकाका प्राबिधिक शिक्षा अध्ययन गर्न चाहने बिद्यार्थी

लाभाम्बित हुने भएका छन् ।

कमेन्टहरु
Loading...