बेगनास बिकास मंच पोखराको शुभकामना आदानप्रदान

पोखरा , ८ बैशाख /बेगनास बिकास मंच पोखराले शुभकामना आदानप्रदान एवं रमाइलो भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मंचले नयाँ बर्ष २०७६ को अबसर पारेर शुभकामना आदानप्रदान एवं रमाइलो भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

बेगनास बिकास मंच पोखराको शुभकामना आदानप्रदान

मंचका अध्यक्ष शुक्रराज कडेलको अध्यक्षतामा सप्पन्न कार्यक्रममा मंचका सल्लाहकार एवं प्राध्यापक बिश्वराज अधिकारी, सामाजिक अभियान्ता इन्दिरा शर्मा, समाजसेवी रामचन्द्र अधिकारी , संस्थापक चन्द बहादुर सुवेदी, मंचका कोषाध्यक्ष शिबराज अधिकारी लगायतले बोलेका थिए ।

मंचका उपाध्यक्ष सिताराम कडेलले स्वागत गरेको कार्यक्रम मंचका सहसचिव बिकास कडेलले संचालन गरेका थिए । पोखराको बुद्धचोकमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासमा जन्मघर भएर पोखराको विभिन्न ठाउँमा बसोबास गर्ने करिब १ सय जनाको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...