बस्ति बीचबाट हाइटेन्सन लाईन लैजान खोजिएकोप्रति आपत्ति

पोखरा, ८ माघ / आर्बा कसेरी टोल विकास संस्थाले बस्तिबीचबाट विद्युत हाइटेन्सन लाईन विस्तार गर्न खोजिएको प्रति आपत्ति जनाएको छ ।
बस्तिभन्दा बाहेक बैकल्पिक स्थानबाट हाइटेन्सन लाईन विस्तार गर्नका लागि संस्थाले ध्यानकर्षण गराएको छ ।

नयाँ मोदी हाइड्रोपावर एक सय ३२ केबिबाट मादी हाइड्रोपावरसम्म विद्युत लैजानका लागि बस्ति बीचबाट हाइटेन्सन लाईन बिस्तार गर्दा स्थानीयलाई समस्या हुने भन्दै टोल विकास संस्थाले आपत्ति जनाएको हो ।

बैकल्पिक क्षेत्र हुदाँ हुदै बस्ति बीचबाट हाइटेन्सन लाईन लैजानु उपयुक्त छैन, आर्बा कसेरी टोल विकास संस्थाका अध्यक्ष भवसागर बरालले भने – ‘त्यसक्षेत्रबाट हाइटेन्सन लाईन लैजाने विषयमा स्थानीयको असमति छ।’ सोही विषयलाई लिएर केहि दिन पहिले टोल विकास संस्थाले जिल्ला प्रशासन कार्यालय कास्कीको समेत ध्यानाकर्षण गराएको थियो ।

यसविषयमा पोखरा महानगरपालिकाकाका प्रमुखलाई समेत जानकारी गराइएको बताइएको छ

कमेन्टहरु
Loading...