बेगनास विराट ज्ञान महायज्ञमा १ करोड ५० लाख संकलन

लेखनाथ, १ पुष /कास्कीको पोखरामा रहेका तालहरु मध्ये दोस्रो ठूलो ताल बेगनासताल र यस वरीपरीका क्षेत्रमा विकासका पूर्वधार निर्माण गरि उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य वनाउने र सकरात्मक कुराको ज्ञान दिने उद्देश्यले मंसिर २२ गते देखि शुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञ शनिवार सम्पन्न भएको छ ।

महायज्ञमा श्रदालु भक्तजन तथा धर्म अनुरागीहरुको उल्लेखीय सहभागीता रहेको थियो । कार्यक्रममा सर्वेश्रेष्ट दान गर्ने दानविर पोखरा ३० शिशुवा निवासी दयाराम तिवारीबाट ३ लाख २५ हजार ५ सय ५५ दान गरेका थिए । त्यस्तै गरी पोखरा ३१ निवासी विष्णु मायाँँ कंडेल, खगराज कंडेल, एमनाथ कंडेल र महादेव कंडेलबाट १ रोपनी जग्गा दान गर्ने प्रतिबद्धता व्यक्त गरेको महायज्ञ मूल समारोह समतिका उपाध्याक्षा ढकनाथ कंडेलले जानकारी दिए । आज सम्म १ करोड ५० लाख रकम संकलन भएको मुल समारोह समितिका कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए ।

महायज्ञ मूल समारोह समितिका अध्यक्ष डिल्लिरमण तिवारीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवम् सांसद खगराज अधिकारीले आफ्नो कर्तव्य पूरा गर्नु नै वास्तविक धर्म भएको बताउँदै असल कामबाट नै धर्म प्राप्त गरिने बताए । शरिर र मनलाइ एक ठाउँमा मिलाएर लक्ष्य प्राप्तिको वाटोमा हिंड्नु नै अहिलेको आवश्यकता भएको अधिकारीले बताए । वेगनास क्षेत्रको विकासका लागि विस्तृत परियोजना बनाएर अन्तराष्ट्रिय स्तरमा पुरयाउनुपर्नेमा जोड दिएका थिए।

यसै गरी प्रदेश सांसद दिपक कोइरालाले महायज्ञको उद्धेश्य पूरा गर्न प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता महायज्ञले धार्मिक पर्यटनको क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सावित्री भण्ढारी, महानगर समन्वय समितिका सदस्य चतुरे विक, नेपाली कांग्रेस कास्की जिल्ला सस्य राजेन्द्र मणी लामिछाने, महायज्ञ सल्लाहकार संयोजक डाक्टर इन्द्र प्रसाद तिवारी लगाएतले आ आफ्नो धारणा राखेका थिए । महायज्ञ समतिका उपाध्यक्ष तिर्थ वरुवालले स्वागत गरेको कार्यक्रमको सन्चालन महासचिव धु्रव नाथ अधिकारीले गरेका थिए।

कमेन्टहरु
Loading...