बेगनास ताल किनारामा हुने पितृउद्दार श्रीमद् भागवत विराट ज्ञानमहायज्ञको तयारी पूरा

लेखनाथ २० मंसिर / पोखराको दोस्रो ठूलो ताल बेगनासताल र यस वरीपरीका क्षेत्रमा आवश्यक पूर्वधार निर्माण गरि उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने पहल स्वरुप मंसिर २२ गते देखि २९ गतेसम्म बेगनासतालमा आयोजना गर्न लागिएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञको तयारी पुरा भएको छ ।

श्रीमद भागवत विराट ज्ञान महायज्ञ मूल आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन आयोजना गरि सो जानकारी दिएको हो । बेगनासताल लगायत अन्य क्षेत्रमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै पितृउद्दार धार्मीक कार्य अन्र्तगत यो महायज्ञ गरिन लागिएको हो ।

पूर्वीय दर्शन अनुसार पितृ तथा मृतात्माहरुको शान्तिले पनि धेरै बाधा अड्चन नष्टहुने विश्वास छ । यसका लागि महायज्ञ अवधीभर दिंवगत व्यक्तिका परिवारजनहरु कर्ताको रुपमा पूजामा संलग्न हुन पाउने व्यवस्था पनि महायज्ञमा गरिएको छ । आयोजकका अनुसार अहिलेसम्म बेगनासतालमा दुर्घटना वा विभिन्न कारणवश आसामयिक निधन भएका १०८ जनाको नामावली तयार भएको छ । उक्त तथ्यांकमा झण्डै सय वर्ष अघि देखिका मृतात्माहरु संकलित छन् ।

यसैविच , उक्त महायज्ञका सफलतापूर्वक संचालन गर्नका लागि पूर्व न्यायधिश डिल्लीरमण तिवारीको अध्यक्षतामा एक हजार आठ सदस्यीय मूल आयोजक समिति , १५ सदस्यीय कार्यसम्पादन समिति र प्रचार प्रशासर उपसमिति गरि ४७ वटा उपसमितिहरु गठन गरिएको थियो । महायज्ञका लागि समारोह व्यवस्थापन, जनपरिचालन, मण्डप तथा मंच व्यवस्थापन, भोजन , सरसफाइ सुरक्षा लगायतका संपूर्ण प्राविधिक तथा सामाजिक कामहरु बाँडफाँड सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी महायज्ञ मूल आयोजक समितिले महायज्ञ अवधीभर गरिने कामहरुको सुची पनि प्रकाशन गरेको छ । यसअन्तर्गत , २२ गते विहान पूर्वाङ्ग तथा कलशयात्रा, हरेक दिन विहान ७ देखी ११ बजेसम्म नित्य पुजाअर्चना, पूर्वान्न ११ बजेदेखि अपरान्ह ४ बजेसम्म कथावाचन, अपरान्ह ४ः१५ बजे आरती, अपरान्ह ४ः४५ बजे प्रसाद ग्रहण, प्रत्येक दिन साँझ ५ः३० बजे महाआरती , मंसिर २८ गते अपरान्ह दिप प्रज्वलन, र मंसिर २९ गते अपरान्ह समापन गरिने छ । त्यसैगरी दान उद्घोषण, संकलन, मानसम्मान एवं सुसोभन कार्यक्रम महायज्ञ अवधिभर गरिने पनि महायज्ञ मूल आयोजक समितिका महासचिव तथा प्रवक्ता धु्रबनाथ अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महायज्ञको अन्तिमा तयारी र भावि योजनाका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको उक्त पत्रकार सम्मेलनमा बोल्दै महायज्ञका प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतमले पर्यटन पूर्वाधार विकासका लागि महायज्ञनै अन्तिम विकल्प नभए पनि महायज्ञको माध्यमबाट हरेक घर देखि राज्यसम्मका संयन्त्रहरुलाइ पर्यटन प्रवद्र्धनमा घचघच्याउने सक्ती प्राप्त हुने बताएका थिए ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष डिल्लीरमण तिवारकिो अध्यक्षतामा भएको सो कार्यक्रममा प्रचार प्रसार समितिका संयोजक मोति गिरी, कार्यसम्पादन समितिका उपाध्यक्ष राममणी अधिकारी, संचार समितिका संयोजक भरत प्रसाद तिवारी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन पत्रकार तथा महायज्ञ मूल आयोजक प्रेस सल्लाहकार समिति सदस्य स्मीता अधिकारीले गरेकी थिइन् ।

यसैविच महायज्ञ तयारी अन्र्तगत बिहिबार नै लेखनाथमा मोटरसाइकल र्याली आयोजना गरिएको थियो । बेगनास युवाक्लबका अध्यक्ष राम बहादुर रानाभाटको संयोजकत्व तथा महायज्ञ मूल समारोह समतिका अध्यक्ष डिल्लीरमण तिवारी र प्रचार प्रसार समिति संयोजक मोति गिरीको समेत सहभागितामा आयोजना गरिएको उक्त र्यालीमा दुइ सय वटा मोटरसाइकल र सात वटा कार सहभागि थिए ।

कमेन्टहरु
Loading...