बसन्त आधारभुत विद्यालयको स्वर्ण महोत्सव सम्पन्न

पोखरा, २९ चैत /गण्डकी प्रदेशका सांसद मित्रकुमारी गुरुङ सुवेदीले सरकारी विद्यालयमा विद्यार्थी संख्या बृद्धि गर्न अग्रेजी माध्यमको शिक्षालाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर २४ मा रहेको बसन्त आधारभुत विद्यालयको स्वर्ण महोत्सव समापन तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै नीजि विद्यालयमा महङगो शुल्क भएपनि अग्रेँजी माध्यमको शिक्षा हुने भएकाले आकर्षण बढेको बताउदै सरकारी विद्यालयहरुले पनि त्यसलाई प्राथमिकता दिनुपर्र्नेमा जोड दिइन् ।

उनले विद्यालयको भौतिक विकासका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।उनले शिक्षित नागरिक उत्पादन गर्न सकेमात्रै देश विकास र समृद्धिको यात्रामा अगाडी बढन सक्ने बताउदै बसन्त आधारभुत विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई भुल्न नहुने बताइन् । उनले कास्कीकोट आफै एतिहासिक स्थल रहेको बताउदै यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सवै एक हुनुपर्ने खाँचो औल्याइन् ।कार्यक्रममा डा. यमनाथ तिमिल्सिना, विद्यालयका प्रधानाध्यापक भीमप्रसाद सुवेदी, स्वर्ण महोत्सव मुल समारोह समिति महासचिव होमबहादुर नेपाली, पूर्णाखर सुवेदी लगायतले विद्यालयले शिक्षाको विकासमा महत्वपूर्ण भुमिका खेलेको बताए ।

यसैवीच स्वर्ण महोत्सव समारोहमा विभिन्न क्षेत्रबाट समाजमा योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, पत्रकार गौरव त्रिपाठी, कलाकारहरु तारापति सुवेदी,जीवन दाहाल, जुना श्रीस मगर, विद्यालयका संस्थापक रामेश्वर बस्ताकोटी, बामदेव बस्ताकोटी, परमेश्वर बस्ताकोटी, चन्द्रेश्वर बस्ताकोटी, गणेशभक्त बस्ताकोटी, पूर्व विद्यार्थी डा.यामनाथ तिमिल्सिना, डा.ढाकाकुमार श्रेष्ठ, हरि कार्की, वेदनिधि शर्मा, डा.भुमीराज बस्ताकोटी, जिल्ला युवा परिषद् कास्कीका अध्यक्ष आर्शिबाद सुवेदी, पूर्णभद्र अधिकारीलाई दोसल्ला सहित सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका सांसद मित्रकुमारी गुरुङ सुवेदी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर नेपालीले सम्मान गर्नुभएको थियो ।

विद्यालय २०२५ सालमा स्थापना भएको थियो । विद्यालयमा हाल ९१ जना विद्यार्थी अध्ययनरत छ भने ११ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष भक्तबहादुर नेपालीको अध्यक्षतमा भएको थियो भने स्वागत शिक्षिका शान्ति लामिछाने गिरीले र सञ्चालन महोत्सव समितिका महासचिव होमबहादुर नेपालीले गरेका थिए ।

कमेन्टहरु
Loading...