अविरल वर्षाले साामूदयिक भवन जोखिममा, यातायात सञ्चालनमा कठिनाइ

लेखनाथ १८ भदौ /बिहीबार राति र शुक्रबार साँझदेखि लगातार परेको पानीका कारण कास्कीको लेखनाथ १८मा सामूदयिक भवन जोखिममा परेको छ । वर्षाका कारण लेखनाथ १८ स्थित भरतपोखरी बहुउद्देश्यीय सामूदायिक भवन परिसरमा पहिरो
भए पछि भवन जोखिममा परेको भवन संरक्षण समितिका कोषाध्यक्ष गोविन्द लम्सालले बताए ।

वर्षासँगै छोरेपाटनदेखि निर्मपोखरी भरत पोखरीका विभिन्न स्थानमा ग्राभेल बाटो समेत पहिरोले क्षति पु¥याए पछि यातायात सञ्चालनका कठिनाइ भएको उनले जानकारी दिए । मेघ गर्जन सहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ १२ गगनगौडा जोड्ने बाटोमा ठाउँ ठाउँमा पहिरो गएको छ ।

वर्षासँगै छोरेपाटनदेखि निर्मपोखरी भरतपोखरीका विभिन्न स्थानमा ग्राभेल बाटो समेत पहिरोले क्षति पु¥याए पछि यातायात सञ्चालनमा कठिनाइ भएकोहो । बिहीरबार रातीको वर्षाका कारण उक्त सडक खण्डको धारापानीमा पहिरो गए पछि अबरुद्ध बाटो सडक कर्मचारी र स्थानीयवासीको सकृयतामा खुलाइको थियो । उक्त सडक पुनः अबरुद्ध भएको छ । अविरलवर्षाले लेखनाथ नगरपालिकाका तालचोक शिसुवा लगायतका विभिन्न स्थान जलमग्न भएका छन् ।

कमेन्टहरु
Loading...