बाराही माविको गुणस्तर शिक्षाको लागि कार्यशाला गोष्ठी

पोखरा, १६ कार्तिक / पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन रहेको बाराही माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिद्वारा विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शिव प्रसाद भण्डारीले गुणस्तरीय शिक्षाका लागि आधारपत्र प्रस्तुत गरेका थिए ।

२०१४ सालमा स्थापित विद्यालयको भौतिक अवस्था एवं शैक्षिक वातावरण सुधार गर्न दीर्घकालिन योजना बनाउन जनप्रतिनिधिहरु, पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, शिक्षाप्रेमी, शिक्षाविद् एवं पूर्व विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद बरालले विद्यालयका गतिविधि र शैक्षिक गुणस्तर बारे प्रा.डा.भरतराज पहारीले गुणस्तरीय शिक्षा दिन विभिन्न सुझाबहरु दिएका थिए ।

५ वटा समुह संयोजकहरु धन बहादुर नेपाली, प्रा.डा.उमानाथ बराल, टंकराज अधिकारी, उज्वल खत्री, पुरुषोत्तम पराजुलीले आधारपत्रमा समेटिनुपर्ने विषयहरुलाई बुँदाकरण गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...