पशुपति बहुमुखि क्याम्पसका विद्यार्थी रेडियो बाराहीमा

पोखरा, २३ चैत /पशुपति बहुमुखि क्याम्पस काठमाडौंमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले रेडियो बाराहीको अवलोकन गरेका छन् । सोहि अवसरमा पोखराको छापा तथा रेडियो पत्रकारिताको बारेमा रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले जानकारी दिनुभयो ।

पशुपति बहुमुखि क्याम्पसका विद्यार्थी रेडियो बाराहीमा
पशुपति बहुमुखि क्याम्पसका विद्यार्थी रेडियो बाराहीमा

सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानका लागि यस क्षेत्रको भ्रमणको क्रममा रेडियो बाराही विद्यार्थीको रोजाईमा परेको हो । विद्यार्थीहरुलाई यस क्षेत्रको पत्रकारिताको बारेमा जानकारी दिदै वानका केन्द्रिय उपाध्यक्ष समेत रहेका निर्देशक पौडेलले पोखरा पत्रकारिताका लागि मोफसलको राजधानीको रुपमा विकास हुदै गएको उल्लेख गर्नुभयो । उहाँले एक दर्जन दैनिक पत्रिका, २७ वटा एफएम रेडियो र ४ वटा टेलिभिजन, साप्ताहिक, अनलाइन माध्यमले पनि यस क्षेत्रको आम सञ्चारमा महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो ।

विद्यार्थीहरुले पर्यटकीय नगरी पोखरामा पर्यटकीय गतिविधिका समाचार र विज्ञापन, मिडिया सञ्चालन अवसर र चुनौती लगायतका विषयमा जिज्ञासा राखेका थिए । सो कलेजका प्राध्यापक एवम् पत्रकार नवराज चालिसेको नेतृत्वमा १६ जना विद्यार्थी भ्रमणमा सहभागि थिए । सो अवसरमा रेडियोका राजन उपाध्याय, पत्रकार सागरराज तिमिल्सिना लगायतले पोखराको पत्रकारिताको बारे बोल्नुभएको थियो । उनीहरु पोखरा, म्याग्दी लगायतको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरि काठमाडौं फर्किएका छन् ।

कमेन्टहरु
Loading...