बन्दका क्रममा कास्की १३ जना कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ

पोखरा, २८ फागुन /कञ्चनपुर हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा पोखरा र लेखनाथबाट कास्की जिल्ला जनसरकार प्रमुख लगायत १३ जना प्रक्राउ परेका छन् । बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोकबाट प्रहरीले पक्राउ गरेको हो ।

जनसरकार प्रम्ख जगन तिवारी“जगन बा” अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेल तथा अन्य कार्यकर्ताहरु मंगल लिम्बु, खड्कबहादुर राई “चुच्चे”हरि राई, अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ुगाना रहेका छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ । त्यस्र्तै लेखनाथको पावरहाउसबाट पक्राउ पर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा कुमार, दिव्य गोगै तमु, रामजी बराल र अर्का एक कार्यकर्ताहरु रहेका छन् । उनीहरुलाई डाँडाको नाक प्रहरीचौकीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

बन्दका कारण जनतालाई असहज भएको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । मुख्य बजार बन्द भए पनि अन्यत्र खुल्ला रहेको छ । केही मात्रामा मोटरसाइकल र अन्य सवारी साधनहरु सञ्चालन भएका छन् ।

कमेन्टहरु
Loading...