नयाँ सरकार निर्माणसंगै देश आर्थिक समृद्दीको दिशामा अगाडी बढ्छ : सांसद अधिकारी

कृष्ण आचार्य, पोखरा, २१पुस / कास्की क्षेत्र नम्वर १ का नबनिर्वाचित सांसद खगराज अधिकारीले अब देश आर्थिक समृद्दीको दिशामा अगाडी बढ्ने बताएका छन् । शुक्रबार संयुक्त बाम गठबन्धन पोखरा लेखनाथ ३१ ले आयोजना गरेको बृहत बनभोज एवं प्रतिनिधी तथा प्रदेशसभाका निर्वाचित सांसदको सम्मान कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषदका उपाध्यक्ष समेत रहेका नबनिर्वाचित सांसद अधिकारीले नयाँ सरकार निर्माणसंगै देश आर्थिक समृद्दीको दिशामा अगाडी बढ्ने बताएका हुन् । उनले स्थिर सरकारका लागि जनताले अभिमत प्रकट गरेको बताउदै बाम गठबन्धनको नयाँ सरकारले जनताका चाहना पुरा गर्ने दाबी पनि गरे । जनमतले नै अनुमोदीत​ नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिचको एकता अब कसैले चाएर पनि तोड्न नसक्ने उनको भनाई थियो ।

नबनिर्वाचित सांसद खगराज अधिकारी

कार्यक्रममा कास्की क्षेत्र नम्वर १ को प्रदेशसभा ‘क’ का नबनिर्वाचित सांसद दिपक कोइरालाले केही तत्व अहिले पनि बाम गठबन्धन तोड्न सकिन्छ कि भनेर लागेको बताउदै त्यो उनिहरुको दिवा सपना मात्रै हुने बताए । सांसद कोइरालाले अझै केही दिन​ झन्डावाला गाडीमा हिड्ने लालसा र राज्यकोषको दुरुपयोग गर्न सकिन्छ कि भनेर अहीलेको सरकारले सत्ता लम्वाई रहने कोशिस गरिरहेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री शेरबहादुर देउबाले जनमतको कदर गरेर तत्काल सरकार छाड्नु पर्ने जिकिर समेत​ गरे ।

सांसद दिपक कोइराला

कार्यक्रममा नेपाल परिवार दलका जिल्ला सल्लाहकार चित्र बहादुर गुरुङ , जिल्ला कमीटी सदस्य गजेन्द्र रानाभाट , जिल्ला कमीटी सदस्य मङ्गल जलारी लगायत नेपाली काङ्गेस र अन्य पाटी परित्याग गरी सयौ कार्यकर्ता एमालेमा प्रबेश गरेका छन्। उनिहरुलाई कास्की क्षेत्र नम्वर १ का नबनिर्वाचित सांसद  अधिकारीले खादा र अबिर लगाएर पाटी प्रबेश गराएका थिए ।वडा कमिटीका संयोजक गणेश बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अनेमसंघ की सरिता ढकालले गरेकी थिईन्।

बृहत बनभोज एवं प्रतिनिधी तथा प्रदेशसभाका निर्वाचित सांसदको सम्मान कार्यक्रम
कमेन्टहरु
Loading...