बालश्रम विरुद्धको विश्व दिवसमा वगरमा प्रभातफेरि

पोखरा, ३० जेठ/बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा पोखरा–१, वगरमा आइतवार प्रभातफेरि सम्पन्न भएको छ । सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथी पोखरा–१, वडा समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङले आफ्नै व्यसायीक प्रतिष्ठान वेलकम सपीङ सेण्टरमा बाल श्रममा नलगाऔं सम्बन्धि जानकारीमुलक पोष्टर टाँसेर शुभारम्भ गर्नुभयो । सो पोष्टर १ सय भन्दा बढि व्यवसायिक प्रतिष्ठानमा टाँस्ने लक्ष्य राखिएको छ ।

उत्पादन था आपूर्ति श्रृंखलामा बालश्रमको अन्त्य गरौं भन्ने मुल नाराका साथ यो दिवस मनाइएको हो । प्रत्येक वर्ष जुन १२ मा बालश्रम विरुद्धको विश्व दिवस विश्वरभर विभिन्न कार्यक्रम गरि मनाइदै आएको छ । कार्यक्रममा वडा नं. १ का सचिव मञ्जुबहादुर बस्नेत, नगर बाल अध्यक्ष लक्ष्मी श्रेष्ठ, बाल श्रम न्यूनिकरण केन्द्र वगर केन्द्रका अध्यक्ष सीता गुरुङ, सामुदायिक सेवा केन्द्र एवम् समुदायिक प्रहरी सेवा वगरका अध्यक्ष जीवन अधिकारी, सचिव गिरीप्रसाद गुरुङ लगायतले बोल्नुभएको थियो ।

पोखरा उद्योग वाणिज्य संघ अन्र्तगत पोखराका ९ स्थानमा समन्वय केन्द्र रहेका छन् । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् समुदायिक प्रहरी सेवा वगर, टोल विकास संस्था, आमा समुह, बाल क्लव लगायतको सहभागिता रहेको थियो । प्रभातफेरि वडा कार्यालयबाट शुरु भई टुडिखेल, हरिचोक, विन्दवासीना, वागवजार हुदै बालश्रम न्यूनिकरण कार्यक्रम वगर केन्द्रमा आएर समापन भएको थियो ।

कमेन्टहरु
Loading...