ग्यासमा कालोबजारी गर्ने पोखरामा पक्राउ

पोखरा, १७ जेठ/पोखरा सिद्धार्थचोकस्थित एच.एम.स्टोर्स संचालक हरिप्रसाद सिलवाल कालोबजारी तथा केही सामाजिक अपराध मुद्दामा पक्राउ परेका छन् ।

२७ वर्षे सिलवाललाई खाना पकाउने बिभिन्न कम्पनीका ग्यास महँगो मूल्य लिई बिक्री बितरण गरी कालोबजारी गर्दै गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बाबा ग्यासको भरी सिलिन्डर १८ र तारा ग्यासको भरी सिलिन्डर १ गरी १९ थान ग्यास सिलिन्डरसहित कालोबजारी गर्दै गरेको अवस्थामा पक्राउ गरी कालोबजारी तथा केही सामाजिक अपराध मुद्वामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...