६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने अखिल नेता निलम्बित

पोखरा १७ जेठ / कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ घलेखर्ककी ६ बर्षीय वालिकामाथि बलात्कार प्रयास गर्ने अखिल नेता संगठनबाट निलम्बनमा परेका छन् । सोमबार राती माछापुच्छ्रे गाउँपालिका–२ घलेखर्ककी बालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका अशोक पौडेललाई अनेरास्ववियुको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको अनेरास्ववियु क्याम्पस जिल्ला कमिटि कास्कीले जनाएको छ ।

जिल्ला कमिटि अध्यक्ष विवेक देवकोटाद्धारा जारी बिज्ञप्तीमा पौडेललाई यसअघिका पनि विबिध घटनाक्रमले गर्दा संगठनको जिम्मेवारीबाट टाढा राखिएको उल्लेख गर्दै पछिल्लो घटनापछि साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको र एमाले कास्कीलाई पनि उनको साधारण सदस्यता समेत नरहने गरी कारवाही गर्न आग्रह गरिएको विज्ञप्ती जारी गरेको छ । घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कानुन अनुसार कारवाही गर्न समेत माग गरिएको छ ।

पृथ्वीनारायण क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीका पूर्व अध्यक्ष समेत रहेका पौडेलले वालिकालाई जबरजस्तीगर्न खोज्दा स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । उनी हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनलाई जबरजस्ती करण उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पर्वत स्थायी घर भएका पौडेलले यसअघि पनि आफ्नै क्याम्पसका युवती तथा आफु बसेको आसपासका महिला र युवतीमाथि यौन दुब्र्यवहार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । यसअघि पृथ्बीनारायण क्याम्पसको महिला होस्टलमा मध्यरात छिर्न खोज्दा पक्राउ परेर ६ महिना कारवाही परेका पौडेलले ९ महिना अघि मात्रै बिध्यावासिनी स्थित आफु बस्ने कोठा छेउको युवतीलाई जवरजस्ती गर्न खोज्दा पक्राउ परेका थिए । तर राजनीतिक पहुँचका आधारमा छुटेका थिए ।

कमेन्टहरु
Loading...