बालबालिकालाई किवानिजको झोला र स्टेसनरी

पोखरा, २२ माघ /किवानिक क्लब अफ पोखराले कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेसनरी सामग्री वितरण गरेको छ । हालै एक कार्यक्रमका बीच विद्यालयका ४१ जना विद्यार्थीलाई झोला र स्टेनसरी वितरण गरिएको क्लबका अध्यक्ष देवेन्द्र केसीले जानकारी दिए ।कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई क्लबले सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिष्ट्रिक्टका गण्डकी प्रदेश चेयरपर्सन नविन पौडेलले किवानिज क्लब अफ पोखराले स्थापनाको छोटो समय बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरु गर्न सफल भएको बताए ।अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बालबालिकाको क्षेत्रमा काम गर्नु क्लबको सकारात्मक पक्ष रहेको धारणा राखे । क्लबका अध्यक्ष देवेन्द्र केसीको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष रामचन्द्र पौडेल, प्रधानाध्यापक नवराज पौडेल लगायतले बोलेका थिए । किवानिज बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था हो । आगामी दिनमा बालबालिकाका क्षेत्रमा अझ राम्रा र रचनात्मक काम गर्ने अध्यक्ष केसीले प्रतिबद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...