पोखरामा बाख्रीको मासु बेच्ने पक्राउ

पोखरा, १६ वैशाख /जिल्ला प्रहरी कार्यालय कास्कीले खसिको भनि बाख्रीको मासु बेच्नेलाई पक्राउ गरेको छ ।

पोखरा ५ जिरो किलो मिटर स्थित बिरेन्द्र शाहलाई पक्राउ गरेको हो । उनले संचालन गरेको खसीको मासु बिक्री गर्ने नन्दु फ्रेस हाउस एण्ड सप्लायर्स पसलमा खसी ९बोका० को मासु भनी बाख्रीको मासु बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो ।

फ्रेस हाउसखानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ५० केजी बाख्रीको मासु फेला पारेको उनले बताए । मासु सहित भारत जिल्ला रक्सौल पलानवा १३ घर भई हाल पोखरा ५ जिरो कि।मी। बस्ने शाहलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट कालोबजारी मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...