बेगनासताल विराट ज्ञान महायज्ञमा ४३ लाख संकलन

पोखरा, २६ मंसिर /राष्ट्रिय परोपकार महासंघको आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा पोखरा ३१ वेगनासताल मन्दरे पार्कमा भइरहेको श्रीमद भागवत विराट ज्ञानमहायज्ञमा पाँचौ दिन सम्म ४३ लाख रकम संकलन भएको छ ।

भागवत भाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट संगितमय प्रवचन भइरहेको छ ।

महायज्ञ अन्तर्गत २६ गते बुधबार विहान ७ देखी ११ बजेसम्म नित्य पूजाअर्चना गरी शुरु भएको महायज्ञमा बेगनासताल महिला समूहबाट ६१ हजार ५५, विकास लाािमछाने सुन्दरी डाँडबाट ५५ हजार ५ सय ५५, रविराज कंडेल नहरचोक ५५ हजार ५ सय ५५, भिजन एण्ड भ्याल ओभर प्रालिबाट २५ हजार ५ सय २५, सोमराज कंडेल वेगनास धनुवासबाट ५० हजार १ सय ५१, शिव प्रसाद सापकोटा कोटवारीकाट १५ हजार, विष्णु मायाँ परियार पचभौयाबाट २० हजार ५, संगम टोल विकास संस्था त्रिकाङबाट ११ हजार १ सय ६५, पूर्ण प्रसाद ढकाल मोहोरीयाबाट १२ हजार १ सय ३०, उन्नती

टोल विकास संस्थाबाट १३ हजार ११, शोभाखर लामिछाने बेगनासतालबाभट २१ ह्जार ५ सय, वलराज पौडेल शिशुवा बाट ११ हजार १ सय ५५ , देउराली आमा समूह पचभैयाबाट १० हजार ५५, तिलक प्रसाद तिवारी मोहरीयाबाट ११ हजार १ सय ५५, होम बहादुर क्षेत्री पोखरा ३० शान्तिनगरबाट ११ हजार ५ , नर्वदा कोइरालाबाट १५ हजार ५ सय ५५ र खहरे आमा समूह पोखरा लेकसाइडबाट रु ८ हजार दान गरेका कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...