बेगनास तालमा डुङ्गा चढेका उपसचिवको हृदयघातबाट मृत्यु

पोखरा, ३ चैत/प्रदेश नम्बर ४ प्रदेशसभा सचिवालयका उपसचिब परशुराम पोखरेलेको ह्दयघातका कारण ज्यान गएको छ । शनिबार दिऊसो बेगनास ताल घुम्न गएका पोखरेललाई तालमा डुङ्गामा घुम्दै गर्दा अप्ठेरो महसुस गरेपछि उपचारका लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लेखनाथको विभिन्न ठाउँको भ्रमण गरे पछि तालमा डुङ्गामा चढ्न गएका थिए । सभामुखको कार्यालयका लागि केन्द्रबाट आएको गाडी हस्तान्तरण गर्न चिठी बुझाएर फर्केपछि पोखरेल सहित प्रदेश सभा सचिवालयका ५ जना बेगनास घुम्न पुगेका थिए ।

पोखरेल राष्ट्रिय सतर्कता केन्द्रबाट काजमा प्रदेश सभा सचिवालयमा काममा डेढ महिना अघि आएका थिए । पोखरेलको शव पोस्टमाटमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...