बेगनास डुंगा दुर्घटनाप्रति मेयर जिसीद्वारा दुःख व्यक्त

पोखरा, २४ भदौ/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बेगनासतालमा शनिबार भएको

अकल्पनीय डुंगा दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । जिसीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी घटनामा

निधन भएकाको अमर आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका

छन् । घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तिमा डुंगा दुर्घटना भएर बेपत्ता भएकाकोे

उद्धार र खोजीमा कुनै कुसर बाँकी नराख्न सम्बन्धित निकायलाई जिसीले आग्रह गरेका छन् ।

‘डुंगामा यात्रा गर्दा अपनाउनु पर्ने सावधानी नपनाउँदा वर्षेनी यस्ता दुर्घटना पटकपटक भएका छन्’, मेयर

जिसीको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाप्रति महानगरको ध्यानाकर्षण भएको र जलयात्रामा अपनाउनुपर्ने

सावधानी अपनाएर मात्र यात्रा गर्न आम नगरबासी र सबैमा अनुरोध गर्दछु ।’

कमेन्टहरु
Loading...