बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पोखरा, ६ साउन /लेखनाथको बेगनास तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगा बस्ने वर्षिया ३१ को प्रकाश गुरुङ बेगनास तालमा माछा मार्न जाने क्रममा पौडी खेल्दा डुबेर मुत्यु भएको हो ।

उनको तत्कालै प्रहरी टोलीले उद्धार गरे पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...